काठमाडौँ । खाना मानिसको लागि नभई नहुने एक पक्ष हो। जसले गर्दा मानिसको हरेक कार्यहरु गर्नको लागि शक्ति प्रधान गर्दछ।
कतिपय व्यक्तिहरुले बासी खाना खानको लागि तताएर खाने गरिन्छ। तर यसरी तताएर खाँदा आफ्नो शरीरमा कस्तो असर पर्छ भन्ने कुरा थाहाँ हुँदैन।
बासी अथवा चिसो भइसकेका कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि खराव हुन सक्छ।
खानालाई पटक-पटक तताउँदा त्यसमा रहेको पौष्टिक तत्वको नाश मात्रै हुने नभई कतिपय अवस्थामा रासायनिक प्रतिक्रियासमेत भएर हानिकारक तत्वमा बदलिन सक्छन्।
दुई चोटी तताउन नहुने खानेकुराहरु
अजवाइन
नाइट्रेटको मात्रा उच्च भएको अजवाइनलाई स्वस्थ खाद्य पदार्थ मानिन्छ। अजवाइनलाई बारम्बार तताउँदा मेथेमोग्लोबिनेमियाको खतरा बढ्न जान्छ। जसमा एक स्थिती आउँछ जहाँ केशिकाले अक्सिजन लिनमा असमर्थ हुन्छ।
अण्डा
उमालेको अण्डा वा फ्राई गरेको अण्डालाई तुरुन्त खानुपर्दछ। यदि तपाइँ केही समयको लागि फ्रिजमा राख्नुहुन्छ भने, पछि पुनः गरम नगर्नुहोस्। केवल यसलाई एकैछिन सेलाएर नै खाइहाल्नुहोस्।
बारम्बार अण्डालाई तताउँदा यसमा रहेका पौष्टिक तत्त्वहरूलाई मार्दछ। त्यसो गर्नाले पाचनतन्त्रलाई नोक्सान पनि पुर्याउँदछ।
मसरुम
एक पटक पकाएपछि, च्याउमा प्रोटिनको मात्रामा भरपुर मात्रामा वृद्धि हुन्छ। तर च्याउलाई फेरी अर्को चोटी उच्च तापमानमा तताउँदा मशरूममा विष उत्पन्न हुन्छ। जसको कारणले शरीरको पाचन प्रणाली बिग्रन सक्छ।
साथै यी खाना पनि खानुहुँदैन
पालक
चिकेन
आलु
सलगम
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
