काठमाडौँ । खाना मिठो बनाउन लसुनको ठुलो भुमिका हुन्छ । यसको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ।
यसलाई घरेलू उपचारमा प्रयोग गरिने गरिन्छ । यसको स्वास्थ्यमा मात्र नभई परम्परागत महत्व पनि छ । लसुनले नकारात्मक शक्तिलाई भगाउन सहयोग गरिने पनि बिश्वास छ । धेरैले लसुन सिरानीमुनि राखेर सुत्ने गर्छन्।
सिरानीमुनि लसुन राख्नुको आफ्नै मान्यता पनि रहको छ । सिरानी मुनि लसुन राखेर सुत्दा निन्द्रा पर्न गाह्रो हुने व्यक्तिलाइ निद्रा पर्न जान्छ।
लसुनको सल्फरयुक्त यौगिक र कडा सुगन्धले मिठो निद्रा लाग्ने बताइन्छ । दैनिक सिरानी मुनी लसुन राखेर सुत्दा सकारात्मक प्रभाव पर्ने बिश्वास छ।
लसुनले रातभर ऊर्जा संकलन गर्छ। त्यस्तै मिठो निन्द्राका लागी एक गिलास दुधमा एक पोटी लसुनलाई ट्क्रा पारेर उमाली एक चिनी चम्चा मह दुधमा मिसाएर पिउदा मिठो निन्द्रा हुन्छ।
लसुनको गन्धले शरिरको ब्याक्टेरिया नष्ट हुन्छ । यसले छालाको संक्रमण, डण्डीफो, एलर्जीको समस्या हट्छ । लसुनको गन्धले मिर्गीको समस्या नियन्त्रण हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
