शरीरको तौल घटाउन चाहनुहुन्छ ? यी उपाय अपनाउनुहोस् यी उपाय

काठमाडौँ । प्रायः अदुवालाई मसालाको रुपमामात्रै प्रयोग गर्ने चलन छ। तर, यसलाई टुक्रा पारी पानीमा मिसाएर नियमित सेवन गरेमा यसले धेरै खाले रोगहरुबाट बचाँउछ।

अदुवामा पाइने एन्टी ब्याक्टेरियल, एन्टी फँगल र एन्टि इन्फ्लेमेटरी जस्ता गुणले हाम्रो शरिर स्वस्थ राख्न मद्धत गर्छ।

Advertisement

एक कप पानीमा एउटा सानो टुक्रा अदुवा मिसाएर उमालेर पिउने गर्नाले धेरै फाइदा गर्छ । यस्ता छन् अदुवापानी नियमित सेवन गर्नुका फाइदाः

१) क्यान्सर बाट बचाँउछः अदुवामा एन्टी क्यान्सर तत्व पाइन्छ। त्यसैले अदुवा पानी नियमित पिउनाले फोक्सो, प्रोस्टेट, ब्रेस्ट, लगाएतका धेरै थरी क्यान्सरहरुबाट बचाँउछ।

२) मुटु पोल्न कम गर्छः खाना खाएको २० मिनेटपछि एक कप अदुवापानी पिउनुहोस्। यसले शरिरमा एसिडको मात्रा कन्ट्रोल गर्छ र मुटु पोल्ने समस्या कम हुन्छ।

३) पाचनप्रणाली सुधार्छः अदुवा पानीले शरिरमा पाचन गराउने जुसको मात्रा बढाँउछ। यसले खाना छिटो पचाउन सहयोग गर्छ।

४) तौल घटाउँछः अदुवा पानी पिउनाले शरिरमा मेटाबोलिजम सुधार हुन्छ। यस्तोमा बोसो छिटो पग्लन्छ र तौल घटाउन सजिलो हुन्छ।

५) डायबिटिज नियन्त्रण गर्छः नियमित अदुवापानी पिउनाले शरिरको रगतमा सुगर लेभल नियन्त्रण हुन्छ। यसले डायबिटिज नियन्त्रण गर्छ।

६) मांशपेशीको दुखाई कम गर्छः अदुवा पानी पिउनाले शरिरमा रक्त सञ्चारमा सुधार आँउछ। यसले माशंपेशीमा आराम मिल्छ र माशंपेशीको दुखाई कम हुन्छ।

७) टाउको दुख्न कम गर्छः अदुवा पानी नियमित पिउनाले मस्तिष्कको कोषहरुमा आराम मिल्छ र टाउको दुख्न कम हुन्छ।

८) छाला स्वस्थ बनाउँछः नियमित अदुवापानी पिउनाले शरिरको विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसले रगत सफा हुन्छ र रगत र छालाको इन्फेक्सनको खतरा कम हुन्छ।

९) प्रतिरक्षा बढ्छः अदुवा पानी पिउनाले शरिरको रोग प्रतिरक्षा क्षमता बढ्छ। यसले रुघाखोकीको खतरा टर्छ।

१०) कफको समस्या हटाँउछः अदुवापानीमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ। यसको पानी पिउनाले खोकीको समस्या हट्छ।

More News last news
Loading...