कुन ब्लड ग्रुपका मानिसमा हार्ट अट्याकको धेरै खतरा ? जान्नुहोस् यस्तो छ कारण

काठमाडौँ । बदलिँदो जीवनशैली तथा खानपानका कारण मानिसमा मुटु सम्बन्धी रोगको खतरा बढ्दै गएको छ। पछिल्लो समय विश्वमा मुटुसम्बन्धी विभिन्न समस्याहरु बढीरहेको अध्ययनहरुले देखाएको छ।

मुटुसम्बन्धी रोग लाग्नुको प्रमुख कारण अस्वस्थ्य खानपान, व्यायामको कमी, तनाव लगायतलाई मानिएको छ।

Advertisement

तर एक अनुसन्धानका अनुसार हार्ट अट्याकको एक कारण हाम्रो शरीरमा रहेको रगतको समूह (ब्लड ग्रुप) पनि हुन्छ । ब्लड ग्रुपबाट हार्टअट्याकको खतरा पत्ता लाग्न सक्छ । साथै यो सम्भावनाको पनि पत्ता लाग्छ कि कुन ब्लड ग्रुपका मानिसमा हार्ट अट्याकको धेरै खतरा छ ?

अनुसन्धान सबै ब्लड ग्रुपलाई ध्यानमा राखेर गरिएको थियो र केही हार्टअट्याकका बिरामीलाई पनि अनुसन्धानमा सहभागी गरिएको थियो। अनुसन्धानका क्रममा सबै भन्दा धेरै अट्याक ति मानिसमा पाइयो जसको ब्लड ग्रुप ए,बी या फेरि एबी थियो।

जुन ब्लड ग्रुपलाई सबैभन्दा राम्रो मानिन्छ , यो ब्लड ग्रुपको मानिसमा मुटुसँग जोडिएका बिरामी हुने खतरा सबैभन्दा बढी हुने अध्ययनले देखाएको हो।

अमेरिकन हार्ट एसोसिएसन जर्नल आर्टरियोसक्लोरोसिस मा प्रकाशित एक अनुसन्धानका अनुसार ओ ब्लड ग्रुप भएका मानिसको तुलनामा ए, बी तथा एबी ब्लड ग्रुप भएका मानिसमा हार्ट अट्याकको आशंका ९ प्रतिशत धेरै हुने अध्ययनले देखाएको छ ।

ए ब्लड ग्रुपलाई धेरै कोलस्ट्रोलको लागि जानिन्छ। जो हार्टअट्याकको प्रमुख कारण हो।

More News last news
Loading...