काठमाडौँ । महिनावारीका समयमा पेट दुख्नु आम महिलाको समस्या हो। कुनै कुनै महिलामा त यो पीडा निकै हुने गर्दछ। यसका कारण पेटमा कब्जित तथा दुखाई जस्ता समस्या देखिन थाल्दछन्।
जसका कारण उनीहरुलाई औषधिको सहरा लिनु पर्दछ। तर हरेक पटक औषधि सेवन गर्दा पनि त्यसले नकारात्मक असर गर्न थाल्दछ।
आज हामी तपाईलाई केही यस्ता घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। जसको प्रयोगले तपाईले महिनावारीका समयमा हुने पीडाबाट छुटकारा पाउन सक्नुहुनेछ।
१) महिनावारीका समयमा पेट दुख्ने समस्याबाट छुटकारा पाउनका लागि अदुवा, चमेली र चामोमिलेको फूलको चिया बनाएर पिउनुहोस्। यसो गर्दा तपाईको पेट दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।
२) एलोभेरा र मेवाको जुस पिउँदा पनि पेट दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।
३) यदी तपाई पेट दुख्ने मस्याबाट छुटकारा पाउन चाहनुहुन्छ भने पेटको तल्लो भागमा लाभेन्डरको तेल लगाउनुहोस्।
४) महिनावारीका समयमा कफीको सेवन भूलेर पनि नगर्नुहोस्। यसले पेट दुख्ने समया बढाउने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
