एपेन्डिसाइटिस लाग्नु भन्दा पहिले नै मिल्छन् यस्ता संकेत, केही घण्टामै लिनसक्छ ज्यान

काठमाडौँ । एपेन्डिसाइटिस कुन बेला कसलाई हुन्छ कुनै टुंगो हुन्न। यो आकस्मिक हुने दुर्घटना जस्तै हो। केही एपेन्डिसाइटिस व्याक्टेरियाहरुको घर भन्छन्, भने कोही यसलाई काम नलाने अंगको रुपमा लिन्छन्।

एपेन्डिसाइटिस ठूलो आन्द्राको पुछारमा हुन्छ। हातको औला जस्तो देखिने चार इञ्च लामो यो अंगमा जब अवरोध हुन्छ, त्यतिबेला एपेन्डिक्स हुन्छ।

Advertisement

एपेन्डिक्स एक प्रकारको मेडिकल इर्मजेन्सी हो। एपेन्डिक्स भएको २४ घण्टा देखि ४८ घण्टाभित्रमा शल्यक्रियाद्धारा यसलाई नहटाए विरामीको ज्यान समेत जानसक्छ।

एपेन्डिक्स कुनैपनि उमेर समूहका मानिसलाई हुनसक्छ। सामान्यतया १० देखि ३० वर्ष उमेर समुहका मानिसमा बढी देखिने यो समस्या महिलाको तुलनामा पुरुषलाई बढी हुने गर्दछ।

एपेन्डिक्स हुनुको कारणः कव्जियत , क्यान्सर लगायतका कारण जब एपेन्डिक्समा कुनै पनि किसिमको अवरोध खडा हुन्छ, त्यतिबेला एपेन्डिक्स दोब्बर भई पेट फुल्ने तथा पेटमा संक्रमण हुन थाल्छ।

जसले गर्दा एपेन्डिक्समा सुन्निने गर्छ। कब्जियतका कारण पनि मानिसहरुलाई एपेन्डिक्सको समस्या हुने भएकोले चिकित्सकहरु फाइबरयुक्त खानेकुरा खाने सल्लाह दिने गर्छन्।

कसरी थाहा पाउने ?

पेटको दुखाई

हल्का ज्वरो

वान्ता आउने

खान मन नलाग्नु

कब्जियत

पखाला

पेटको दुखाईः पेटको दुखाई एपेन्डिक्सको प्रमुख लक्षण हो। यदि पेटको दाहिने भागमा बेलाबेलामा दुख्छ भने एपेन्डिक्स हुने भय हुन्छ।

यस्तो दुखाई पेटमा रहेको एपेन्डिक्सको कारण बढी हुने गर्छ। जुन नाइटोको बीचबाट सुरु भई पेटको दाहिने तर्फको तल्लो भागसम्म पुग्छ, जहाँ एपेन्डिक्स हुन्छ। एपेन्डिक्सको दुखाई खोक्दा तथा हिँड्दा अझ बढ्ने गर्छ।

खानामा अरुचीः भोक नलाग्नु वा खान मन नलाग्नु पनि एपेन्डिक्सको प्रमुख लक्षण मध्यको एक हो। कयौ अवस्थामा खान मन नलाग्नुका साथै वाकवाकी लाग्ने गर्छ।

यसका साथै तपाईलाई कब्जियतको समस्या पनि हुने गर्छ। यदी तपाईमा पनि यस्ता लक्षण देखिएको छ भने तुरुन्तै चिकित्सकका जानु उचित हुन्छ।

ज्वरो आउनुः एपेन्डिक्सको समस्या भएमा विरामीलाई हल्का ज्वरो आउने गर्छ। यस्ते ज्वरो सय डिग्री देखि १०३ डिग्रीको आसपास रहने गर्छ।

जन हप्किन्स मेडिसिनका अनुसार एपेन्डिक्स भएको ४२ घण्टा देखि ७२ घण्टा भित्रमा फुट्न सक्छ। त्यसैले त्यो भन्दा अगाडी नै चिकित्सकका पुग्नु जरुरी छ।

यदी तपाईलाई ज्वरोको साथमा कामज्वरो पनि आएको छ भने, त्यो एपेन्डिक्स फुटेको संकेत हुनसक्छ। त्यसैले, यदि तपाईलाई पनि एपेन्डिक्स भएको शंका लागेको छ भने तुरुन्तै चिकित्सकका जानु पर्छ।

सामान्य पेट दुखाई र एपेन्डिक्स बीचको फरक : सामान्य पेट दुखाई र एपेन्डिक्सको बीच धेरै भिन्नता छ।

यदी तपाईलाई केही समयको अन्तरालमा पेट दुख्ने समस्या छ र समयसँगै त्यो कम हुदै गएको छ भने बुझ्नुहोस्। त्यो सामान्य पेट दुखाई हो।

सामान्य पेट दुख्दा वा ग्याष्ट्रिकको समस्या हुदाँ पूरै पटमा समस्या हुन्छ। जबकी एपेन्डिक्स भएमा दुखाई निश्चित हुन्छ। त्यस्तो दुखाई नाइटो वरिपरि सुरु भई बढ्दै जान्छ।

त्यसबाहेक, यदी तपाईलाई १२ घण्टा भन्दा बढी वाता तथा पखाला छ र सहनै नसक्ने पेट दुखेको छ भने पनि तपाईलाई एपेन्डिक्स भएको हुनसक्छ। जहाँ एपेन्डिक्स छ । यस्तो समस्या भएमा तुरुन्तै चिकित्सकसितको सल्लाह लिनुपर्छ।

More News last news
Loading...