मानिसको शरीरमा किन आउँछ मुसा ? यसरी गर्नुहोस् उपचार

काठमाडौँ । ह्युमन पापिलोमा भाइरस (एचपीभी) नामक भाइरसको संक्रमणबाट छालामा आउने रोग लाई हामी सामान्य भाषामा मुसा भन्दछौ।

मुसा आउनुलाई अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस पनि भनिन्छ । यसका सयौं प्रजातीका कारणले शरीरको विभिन्न ठाउँमा मुसा आउने गर्दछ। सामान्यतया हात, खुट्टा वा गर्धनमा मुसा देखापर्दछ।

Advertisement

मुसाका बिभिन्न प्रकारहरु हुने गर्दछन्। जस्तोः

१) औलामा आउने
सामान्य प्रकारका मुसा हात वा खुट्टाको माथिल्लो भाग तथा औलाहरुमा आउने गर्दछ । हेर्दा नराम्रो देखिने यस प्रकारको मुसाले अन्य कुनै स्वास्थ्य समस्या भने दिदैन ।

२) पैतालामा आउने
पैतालामा वा हत्केलामा आउने मुसाले शरीरमा निकै पिडा दिने गर्दछ। यस्ता दुखाइले विशेषत हिँड्ने बेलामा पैतालामा वा हात चलाउँदा हत्केलामा दुखाइ निम्त्याउने गर्दछ।

३) अनुहारमा आउने
अनुहारमा आउने मुसालाई भेरुका प्लाना भनिन्छ। यस प्रकारको मुसा स-साना खैरो रंगका हुने गर्दछन्। यि मुसा अनुहारमा आउने गर्दछन्।

४) यौनांगमा सर्ने
विशेषतः घाउ हुनेहरुसँग असुरक्षित सम्पर्क भएपछि यौनांगमा मुसा सर्ने गर्दछ। यो असुरक्षित सम्पर्क २ सातादेखि १ बर्षको अवधिभित्र देखा पर्न सक्छ। यस्ता प्रकारका मुसाले गुद्वद्वारको क्यान्सर समेत गराउन सक्छ।

उपचार
स–साना वा हातखुट्टामा आउने मुसा केहि समयपछि आफैँ निको हुने गर्दछ। तर, पैताला वा हत्केलामा आएको वा यौनांगमा आउने र अनुहारमा आउने मुसाहरु भने आफैं निको हुँदैनन्। यस प्रकारको मुसा सरुवा रोगका कारणले हुने गर्दछ।

अझ मुसा कोट्याई रहने, चलाएपछि हात नधोई अन्य अंगमा छुएमा यि मुसा सर्ने गर्दछन्। अझ असुरक्षित यौन सम्पर्कको कारणले पनि यस प्रकारको मुसा आउने गर्दछ।

कतिपय अवस्थामा दाह्रि काट्दा पुरुषमा समेत यो सर्न सक्छ। तसर्थ मुसा चलाएपछि हात राम्रोसँग धुनु पर्दछ । हात वा औला चुस्ने वा नङ टोक्ने बानी छ भने त्यसलाई त्याग्नु पर्दछ।

जिम, स्विमिङ्ग लगायतका सार्वजनिक स्थलमा प्रयोग गरीने तौलिया वा रुमाल निजि प्रयोग गर्ने। तर मुसाको मात्रा र प्रकार हेरेर तत्काल चिकित्सकसंग परामर्श लिनु नै उत्तम हुन्छ।

More News last news
Loading...