एनआरएनको विधान संशोधन गराउने जवरजस्त प्रयास असफल

जीएनएन/काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कार्यकारी सचिवालय (आइइएस) को बैठकबाट विधान संशोधन पारित गराउने संस्थापन पक्षको प्रयास असफल भएको छ।

एनआरएनएका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज शर्माले विवादास्पदरुपमा निर्माण गरेका विधान समितिहरुका बहुमत पदाधिकारीहरुले मान्यता नदिएपछि संशोधन विधान पारित गराउने प्रयास विफल भएको हो।

Advertisement

अध्यक्ष पन्त र महासचिव शर्माले गैरकानुनी रुपमा विधान विपरीत समिति निर्माण गरेको भन्दै कार्यकारी सचिवालय बैठकका बहुमत पदाधिकारीहरुले निर्णयमा असहमति लेख्ने चेतावनी दिएपछि संस्थापन पक्ष पछि हटेको थियो।

यद्यपि अध्यक्ष पन्तले विधान संसोधन समिति तथा सुझाब समितिले ल्याएका सुझाब सुनिदिन आग्रह गरेपछि विधान समितिका तर्फबाट भुषण घिमिरेलगायतले आफ्नो प्रतिवेदन बैठकमा प्रस्तुत गरेको उपाध्यक्ष रवीना थापाले बताइन्।

एनआरएनए स्रोतका अनुसार महासचिव शर्माले प्रस्ताव राख्ने र बैठकपछि त्यसैलाई पारित भएको भनेर समाचार लेखाउने गरेको भन्दै बैठकको माइन्युट नबनाउने सर्तमा कार्यकारी सचिवालयको बैठकमा सुझाव समितिलाई इन्ट्री गराइएको थियो ।

‘अध्यक्ष पन्तले भने पछि हामीले उहाँहरुका सुझाब सुनियौ, समितिको सुझाबले संस्थापन सधैका संस्था कब्जाका खेलमा लागेको थाहा भयो, ती गैरकानुनी रुपमा कसैको आशिर्वादमा बनेका समिति विधान विपरीत हुन्’ एक पदाधिकारीले भने।

कार्यकारी सचिवालयको बैठकमा एनआरएनए विधान समिति, विधान संशोधन सुझाव समिति र विधान ब्याख्या समिति ३ वटै समिति गैरकानुनी भएको जिकिर गरिएको थियो।

एनआरएनएको विधानले ती कमिटिहरुलाई नचिन्ने धारणा बैठकमा उपाध्यक्ष मन केसीले राखेको स्रोतले बतायो । उनले गत निर्वाचनमा बिजयी बनाउने प्रतिनिधिको साटो नयाँ आफ्ना प्रतिनिधि भर्नाले संस्थाको गरिमामा आँच मात्र पुर्याएको छैन, विश्वभरका एनआरएनएको सामु नेतृत्वले विधान विपरीत गरेका कार्यलाई उजागर गरेको भन्दै आलोचना समेत गरेको स्रोतले जनायो ।

कार्यकारी सचिवालयमा उपस्थित मध्येका बहुमत सदस्यहरुले जवर्जस्ती विधान संशोधन प्रस्ताव अघि बढाइए फरक मत राखेर एनआरएनए माझ जाने धारणा राखेपछि मंगलबारका लागि महासचिव शर्माले बैठक डाकेका थिए ।

एनआरएनए भित्रको विवाद चर्को हुन थालेपछि महासचिव शर्माले अर्को सूचना जारी नभएसम्म अध्यक्ष पन्तको अनुरोधमा बैठक स्थगित गरिएको जानकारी कार्यकारी सचिवालयका पदाधिकारीहरुलाई दिएका छन्।

पदाधिकारीहरुमा अध्यक्ष, उपाध्यक्षहरु ५, महासचिव, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, महिला कोअर्डिनेटर र युवा कोअर्डिनेटर गरि १४ जना रहेका छन् ।

More News last news
Loading...