काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत भएको छ ।
डेमोक्रेटिक पार्टीले गएको हप्ता हिंसालाई प्रोत्साहित गरेको आरोप लगाउँदै हाउस अफ रिप्रिजेन्टेटिभ्समा प्रस्ताव पेस गरेको हो । डेमोक्रेटहरूले अमेरिकी संसद्मा राखेको प्रस्तावमा डोनाल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ।
पेस भएको प्रस्तावमाथि तल्लो सदनमा आजै मतदान हुन सक्ने बीबीसीले जनाएको छ। योसँगै डोनाल्ड ट्रम्पमाथि दोश्रो पटक महाअभियोग लगाउने औपचारिक सुरुवात भएको छ।
तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा बताउनुभएको बीबीसीले जनाएको छ।
अबको आठ दिनपछि चार वर्षे कार्यकाल पूरा गर्दै गरेका ट्रम्पलाई पदावधि सकिनु अघि नै राष्ट्रपति भवनबाट निकाल्न डेमोक्रेटिक पार्टीको योजना छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
