यस्ता खराब आनीबानीले हुन्छ ग्याष्ट्रिकको समस्या, यसरी पाउनुहोस् छुटकारा

काठमाडौँ । अनियमिन खानपान र अस्तव्यस्त जीवनशैलीको कारण ग्याष्ट्रिकको समस्या हुने गरेको छ।

अनियमित खानपानः खानपानको तालिका नियमित हुनुपर्छ। लामो समयसम्म भोकै बस्ने, एकैचोटी धेरै खाने जस्ता बानीले पनि ग्याष्ट्रिकको समस्या निम्त्याउँछ।

Advertisement

राती धेरै समय जागा बस्नुः ग्याष्ट्रिक निम्त्याउने एउटा कारण हो यो । राती अबेरसम्म बस्दा पाचन पक्रियामा समस्या हुन्छ । यसले पेटमा ग्यास बन्छ ।

हतार–हतार खानुः खानेकुरा राम्ररी चपाएर खानुपर्छ, जसले पच्न सजिलो होस् । तर, हामी हतार हतार खानेकुरा खान्छौ, जो पच्न समय लाग्छ । यसले गर्दा पेटमा एसिड पैदा हुन्छ र ग्यासको समस्या आउँछ ।

लगातार एकै स्थानमा बस्नु: कामको धुन वा मनोरञ्जनको क्रममा हामी एकै स्थानमा लगातार लामो समय बसिरहन्छौ । यसले गर्दा पनि पाचन पक्रियामा अवरोध पुग्छ । नतिजा, पेटमा आवश्यक्ताभन्दा बढी एसिड बन्छ र ग्याष्ट्रिकको समस्या हुन्छ ।

प्रोस्टेड फूडः प्रोस्टेड फूड जस्तो कि कुकी, मिठाई आदिमा चिनीको मात्रा बढी हुन्छ । यस्तो खानेकुरा सेवन गर्दा पनि ग्याष्ट्रिकको समस्या हुन्छ।

कोल्ड ड्रिङ्कः सोडा र कोल्ड ड्रिङकमा कार्बनडाईअक्साइड बबल्स हुन्छ, जसले पेटमा एसिड पैदा गर्छ। यसलाई पिउदा ग्याष्ट्रिकको समस्या हुन्छ।

दुधजन्य परिकारः दुधजन्य परिकारले पनि ग्याष्ट्रिकको समस्या निम्त्याउँछ । यसमा रहेको चिल्लो पदार्थ पच्दैन ।

के छ त उपचार ?

१) अदुवाको रसमा मह मिसाएर पिउनुपर्छ ।

२) एसिडिटी भएमा घिउकुमारीको जुस पिउनुपर्छ ।

३) मनतातो पानीमा कागतीको रस मिसाएर पिउनुपर्छ ।

४) एक कप पानीमा कागतीको रस र एक चम्चा मह मिसाएर पिउनुपर्छ ।

५) त्रिफला पाउडर दुधमा मिसाएर पिउनुपर्छ ।

६) मुला काटेर त्यसमा थोरै बीरे नुन र मरिचको पाउडर मिसाएर खाने।

More News last news
Loading...