खाना खाइसकेपछि पनि भोक लागेको महशुस हुन्छ ? यस्तो हुनसक्छ कारण

काठमाडौँ । भरपेट खाना खानुभयो। तर, केही क्षणमै भोक लागेको महशुस भयो। किन यस्तो हुन्छ ?

पेट त भरिएको छ। केही समयअघि पेट चर्किनेगरी खाना खानुभएको थियो। यस्तो अवस्थामा भोक लागेको महशुस हुन्छ भने त्यसले शरीरमा केही गडबडी छ भन्ने संकेत गर्छ।

Advertisement

१) न्यून रक्तचाप

बारम्बार भोक लाग्नुको एउटा ठूलो कारण हुन सक्छ। आवश्यकताभन्दा बढि व्यायाम, आवश्यक कार्बोहाइड्रेट नलिनु, र लामो समयसम्म भोकै बस्नुले न्यून रक्तचापको समस्या हुन्छ।

जो व्यक्तिहरु न्यून रक्तचापका रोगी छन्, उनीहरुलाई भोक बढि लाग्छ । र, उनीहरुलाई रिस पनि धेरै उठ्छ।

अन्य समस्याहरु

थकान, टाउको दुख्ने, अत्यधिक पसीना, चक्कर लाग्नु

के गर्ने ?

पौष्टिक खानेकुराका खानुका अलावा पैदल हिँड्ने, साइक्लिङ र स्वीमिङ जस्ता व्यायाम गर्नुस

२) मधुमेह

टाइप र टाइप २ मधुमेहका रोगीहरुलाई पनि बारम्बार भोक लाग्छ । मधुमेहका रोगीहरुको उच्च रक्तचाप हुन्छ जसले गर्दा खाएको बेला पनि भोक लागेको महसुस हुन्छ। मधुमेहका रोगीहरुको शरीरको हरेक कोष इन्सुलिनमा निर्भर हुन्छ ।

यदि इन्सुलिन पर्याप्त मात्रामा भएन वा यसले राम्ररी काम गरेन भने सुगर ब्लडमा मिल्छ र ती कोषहरुसम्म पुग्न सक्दैन जहाँ यसको आवश्यकता हुन्छ।

त्यसले गर्दा कोषले मस्तिष्कलाई सन्देश पठाउँछ कि उसलाई अत्यधिक खानुपर्ने छ र यसका कारण धेरै भोक लाग्छ।

अन्य समस्याहरु

अत्यधिक तिर्खा, बारम्बार पिशाब आउनु, वजन कम हुनु, आँखाले धमिलो देख्नु र थकान महशुस हुनु

के गर्ने ?

ब्लड सुगरको स्तरलाई सँधै नियन्त्रित राखौं

३) आन्द्रामा किरा

अत्यधिक भोक लाग्नुले कहिले काहीँ आन्द्रामा किरा परेकातर्फ संकेत गर्छ । यी किरा खासगरी टेपवर्म वा पिनवर्म हुन्छन् जुन आन्द्रामा लामो समयसम्म बस्न सक्छन्।

यिनीहरुले परजीवी व्यक्तिको शरीरबाट सबै आवश्यक पोषक तत्व लिन्छन् जसले गर्दा खानापछि पनि भोकको महसुस भइरहन्छ।

अन्य समस्याहरु

पेटको दुखाई, वजन कम हुनु, मुखबाट दुर्गन्ध, उल्टी र गुप्तांग चिलाउने

के गर्ने ?

बारम्बार भोक लाग्नुका साथै तौल पनि कम हुँदै गयो भने उपचार गर्नैपर्छ ।

४) निन्द्रा नपुगेर

शरीरका लागि खाना र पानीको जति महत्व छ, उत्तिनै निन्द्राको पनि । अर्थात विश्रामको । स्वस्थ्य जीवनका लागि ७ देखि ८ घण्टा गहिरो निन्द्रा लिनुपर्छ ।

यस किसिमको निन्द्राले शरीरमा नयाँ स्फूर्ति पैदा गर्छ । ताजा अनुभव गरिन्छ । जबकी निन्द्रा पुगेन वा खलबलियो भने, त्यसले स्वास्थ्यमा समस्या ल्याउँछ।

खाना खाए लगत्तै खानेकुराको तलतल लाग्नुमा पनि अनिन्द्रा एउटा कारण हो। आवश्यक भन्दा कम निदाइयो भने भोक लाग्छ।

अन्य समस्याहरु

मुडमा परिर्वन, आलस्यता, दिउसो निद्रा नलाग्नु, तौल बढनु आदि ।

के गर्ने ?

पर्याप्त निन्द्रा लिने अभ्यास गरौं । यसबाट शरीरको इनर्जी लेभल र भोक बढाउने हार्मोन्सको स्तर सन्तुलित रहनेछ ।

५) अत्यधिक तनाव

हामीले महसुष गरेका छौ, सामान्य चिन्ता वा तनाव भयो भने खानमा अरुची हुन्छ । तर, कतिपय अवस्थामा यसको ठिक विपरित हुन्छ । जब तनाव हुन्छ, भोक लागेको महसुष हुन्छ ।

मनमा औडाह भएपछि, मन विचलित भएपछि यस्तो अनुभव हुन्छ ।

अत्याधिक तनावग्रस्त भएको अवस्थामा शरीरमा कोर्टिसोल नामक स्ट्रेस हार्मोन रिलिज हुन्छ, जसले गर्दा बारम्बार खाने इच्छा हुन्छ।

सन् २००८ मा गरिएको एक अध्ययनको रिपोर्टअनुसार जो व्यक्तिहरु तनाव वा डिप्रेसनमा हुन्छन्, उनीहरुको शरीरमा भोक बढाउने ग्रेलिन नामक हार्मानको स्तर बढेर जान्छ । यसले गर्दा बारम्बार भोक लाग्नु स्वभाविकै हो ।

अन्य समस्याहरु

रिस, थकान, टाउको दुखाई, अनिद्रा, पेटको समस्या

के गर्ने ?

तनाव हटाउनका लागि ध्यान, योग र संगीतको सहारा लिनुपर्छ

६) थाइराइड

थाइराइडलाई प्रभावित गर्ने हाइपरथाइराइडिज्मका कारण व्यक्तिलाई अत्यधिक भोक लाग्छ । खासमा, जब शरीरमा थाइराइड हार्मोनको स्तर बढ्छ, यसले मेटाबोलिक रेट बढाउँछ जसबाट लगातार भोक लाग्ने जस्तो समस्या उत्पन्न हुन्छ ।

अन्य समस्याहरु

पल्स रेट बढ्नु, हडबडी, अत्यधिक पसीना, कमजोरी र बारम्बार तिर्खा लाग्नु

के गर्ने ?

एक्सरसाइज गर्ने, बदाम, ओखर र मरिचको सेवन गर्ने, दुधमा बेसार हालेर पिउने, बिहान खाली पेटमा लौकाको जुस पिउने

७) पानीको कमी

जब व्यक्तिको शरीरमा पानीको कमी हुन्छ, त्यतिबेला उसलाई अत्यधिक भोकको महशुस हुन्छ । डिहाइड्रेसन हुँदा बढि मानिसहरु मस्तिष्कबाट प्राप्त हुने भोक र तिर्खाको संकेतबीचको अन्तर बुझ्न सक्दैनन्। त्यसैले उनीहरुलाई भोजनको आवश्यकता परेको जस्तो लाग्छ, जबकि उनीहरुलाई आवश्यकता हुन्छ पानीको।

अन्य समस्याहरु

कब्जियत, छालामा रुखोपन, तागतको कमी, पिशाबको कमी र आँखामा सुख्खापन

के गर्ने ?

डिहाइड्रेसन हुँद्या खानाभन्दा अगाडि एक वा दुई गिलास पानी पिउने

 

More News last news
Loading...