५० वर्षको उमेरका मानिसका लागि चाहिने यी सुपर फुड, क्यान्सरको खतरा हट्छ !

काठमाडौँ । हाम्रो नेपाली समाजमा सुका माना घीउ खाएका हजुरबुबा, हजुरआमाहरु गाउँघरमा सक्रियरुपमा सकेको कामहरु गरिरहेका भेटिन्छन् । कतिपय त ८० वर्षको उमेरमा पनि हलो जोतिरहेका पनि भेटिन्छन् । उनीहरु कडा मेहनत र उच्च पौष्टिक खुराक खाएकै भरमा यतिधेरै सक्रिय र दीर्घजीवन जिउन सकेका हुन् भन्ने गरिन्छ । खाना र श्रमको उचित संयोजन भए मानिस उमेर ढल्किँदै गए पनि उसमा जोश र जाँगर उत्तिकै हुने वैज्ञानिक तथ्यहरुले प्रमाणित गरेका छन् ।

बेलायतको न्यूट्रिशन फाण्डेशनले ५० वर्षको उमेर समुहका मानिसहरुमा मेटाबोलिज्म सिस्टम २० वर्षको मानिसहको तुलनामा धेरै नै सुस्त हुने भएकाले उनीहरुलाई सक्रिय राख्न धेरै कम क्यालोरीको आवश्यकता पर्ने जनाएको छ । बढ्दो उमेरका मानिसहरुमा उच्च रक्तचाप, हृदयरोग, मधुमेह र प्रोस्टेट क्यान्सरको समस्या पनि धेरै हुने हुन्छ । विज्ञहरुले ५० वर्ष वा यो भन्दा बढी उमेरका मानिसहरुका लागि पौष्टिक आहारमा केही विशेष खाना समावेश गर्दा यी रोगहरुको खतरा कम हुने बताएका छन् ।

Advertisement

फ्याटी फिसः फ्याटी फिस जस्तो साल्मनमा ओमेगा–३ फ्याटी एसिड पाइन्छ । यो एसिडले इन्फ्लेमेशनको समस्या कम गर्ने मात्र होइन रक्त कोशिकाहरुको सेल तीब्र गतिमा बढ्न दिँदैन । यसबाट शरीरमा गुड कोलेस्ट्रोल बढ्छ र आन्द्रामा इफ्लेमेशनको समस्या कम हुन्छ । जसले गर्दा आन्द्रामा हुने क्यान्सरको खतरा हट्छ ।

अण्डाः बढ्दो उमेरका साथ मानिसको मांसपेशीहरु क्मजोर हुन थाल्छन् । अण्डा प्रोटिन को सबैभन्दा राम्रो स्रोत हो । यसले हाम्रो मसल पुनः प्राप्तिको काम गर्दछ । अण्डामा शरीरका लागि आवश्यक पर्ने भिटामिन–डि र ओमेगा–३ फ्याटी एसिड पनि पाइन्छ । यसमा चलिन नामको एक खाख पोषक तत्व पनि हुन्छ । यसले हाम्रो जीनहरुलाई सञ्चालन गर्न मद्दत गर्छ ।

एभोकाडोः आजभोलि मानिसहरुमा कोलेस्ट्रोलको समस्या धेरै नै हुने गरेको छ । यसलाई नियन्त्रण गर्नका लागि पौष्टिक पदार्थले भरिपूर्ण एभोकाडोको प्रयोग गर्न सकिन्छ । यसले रक्तचाप नियन्त्रणका साथै हृदयरोगको जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । तौल घटाउन र इन्फ्लेमेशनको समस्यामा राहत पुर्याउने काम गर्दछ ।

ब्लुबेरी वा स्ट्रबेरीः यी फलहरुलाई फाइबरको उच्च स्रोत मानिन्छ । यसले हाम्रो शरीरको वजन पनि कम गर्दछ । यसमा रहेको एन्टिअक्सिडेन्टले कोशिकाहरुलाई नष्ट हुनबाट बचाउनका साथै छाला, रगत, फोक्सो र घाँटीमा हुने क्यान्सरको खतरा कम गर्दछन् । यसलाई तपाईं सलादको या दहीमा मिलाएर पनि खान सुक्नुहुन्छ ।

बदाम र ओखरः पाको उमेरका मानिसहरुका लागि बदाम र ओखर धेरै नै फाइदाकारी पोषक तत्व मानिन्छ । हड्डीलाई दह्रो बनाउने बदाममा प्रोटिन भरिपूर्ण हुन्छ । बदामका साथै ओखरमा पनि उत्तिकै फाइबर पाइन्छ । ओखरले हाम्रो मस्तिष्कलाई फाइदा पुर्याउँछ । बढ्दो उमेरका मानिसका लागि दैनिक ६ देखि १० बदाम र ३ देखि ५ ओखर खान चिकित्सकहरुले सल्लाह दिने गरेका छन् ।

चुकन्दरः चुकन्दरमा नाइट्रेट नामको पोषक तत्व पाइन्छ । यसले पनि रक्तचाप नियन्त्रण गर्न र मुटुलाई स्वस्थ्य राख्न का मगर्दछ । यसमा अधिक मात्रामा पोटासियम पाइने भएकाले शरीरमा बढी भएको नुनको मात्रा शरीर बाहिर निकाल्छ ।

साथै बढ्दो उमेरका मानिसमा तौल बढ्ने भएकाले उनीहरुमा काडियोभस्क्युलर डिजिजको खतरा हुन्छ । यसका लािग पोषक तत्वका साथ शारीरिक क्रियाकलाप पनि उत्तिकै जरुरी हुन्छ । आफ्नो शारीरिक शक्ति मजबुत गर्न नियमित व्यायामको आवश्यक पर्दछ । धुम्रपान र मद्यपान नखाने र ७–८ घण्टा प्रयाप्त निदाउने गर्नुपर्दछ ।

More News last news
Loading...