ढाँड दुख्ने समस्याले सतायो ? यी घरेलु उपचार अपनाउनुहोस्, केही समयमै मिल्छ राहत

काठमाडौँ । अहिलेको आधुनिक समयमा मानीसहरुले धेरै समस्याहरूको सामना गर्नु परिरहेको छ। प्रायः व्यक्तिहरु कुनै न कुनै रोगबाट ग्रसित छन्।

आजभोलिढाड दुख्ने समस्या सामान्य भएको छ। आजभोलि वृद्ध व्यक्तिमा मात्र होइन युवामा पनि यो समस्या देखिन थालेको छ।

Advertisement

आजभोलि प्रायः व्यक्ति एउटै ठाउँमा धेरै घण्टा बसेर काम गर्दछन् जसको कारणले उनीहरूमा ढाड दुख्ने गुनासो बढ्न थालेको छ।

सामान्यतया यो समस्या बुढ्यौली हुदाँ बढ्न थाल्छ। मांसपेशीमा तनाव आउँदा कम्मर दुखाइ तीव्र हुन थाल्छ। ढाड दुखाइबाट पीडित भएमा घरेलु उपचारको सहयोगले यस समस्यालाई कम गर्न सकिन्छ।

ढाड दुख्ने कारणहरु
धेरै भारी सामान उठाउनु स्वास्थ्यको लागी राम्रो हुँदैन, यसका कारण स्वास्थ्यमा नराम्रो असर गर्छ। धेरै भारी सामान उठाउनाले ढाड दुख्ने जस्ता समस्याहरू पनि सुरु हुन्छ।

पानी हाम्रो स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ। कुनै पनि प्राणी पानीबिना बाँच्न सक्दैन। तर अत्याधिक चिसो पानीले हाम्रो स्वास्थ्यलाई हानि पुर्याउँछ।

ढाड दुख्ने समस्याका लागी घरेलु उपचार
ज्वानो हाम्रो स्वास्थ्य को लागी धेरै लाभदायक हुन्छ। ढाडको दुखाई छ भने ज्वानोको प्रयोग गर्न सकिन्छ। ज्वानोलाई एउटा प्यानमा राखेर तातो गर्नुपर्छ।

तातेको ज्वानोलाई चिसो बनाएर बिस्तारै चपाउदै खानुपर्छ । केही दिनसम्म यसको प्रयोग गर्नाले ढाड दुख्ने समस्या कम हुनेछ।

नरिवल वा तोरीको तेल कम्मर दुखाईमा राहत दिन सहयोगी हुन्छ। थोरै नरिवल वा तोरीको तेलमा लसुनको चार केस्रा हाल्ने र त्यसलाई लसुनको टुक्रा कालो नहोउञ्जेलसम्म तताउनुपर्छ।

तातो तेललाई हल्का चिसो बनाएर यउटा बोतलमा राख्ने र त्यो तेलले दैनिक कम्मर मालिश गर्न सकिन्छ। बिस्तारै ढाड दुखाइ कम हुन थाल्छ।

नुनको प्रयोगले हाम्रो ढाडको दुखाई कम गर्न सहयोग पुर्‍र्याउछ। केही तातो पानीमा केही नुन हाल्नुपर्छ। अब यो पानीमा एउटा तौलिया भिजाउनुहोस् र निचोरनुहोस्। तातो तौलिया ढाड दुखाई भएको ठाउँमा राख्नुपर्छ यसले ढाडको दुखाइ कम गर्दछ।

तिलको तेल ढाडको दुखाइ कम गर्न लाभदायक हुन्छ। यसको प्रयोग गर्न, अलिकति तिलको तेललाई तातो गराएर मसाज गर्नाले केही समय पछि, दुखाइ कम हुन थाल्छ।

मेथीको तेल पनि ढाडको दुखाइ कम गर्न फाइदाजनक हुन्छ। कम्मरमा दैनिक मालिश गर्नाले विस्तारै ढाडको दुखाइ कम गर्दछ।

More News last news
Loading...