अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

सिएनएनका अनुसार इराकको बगदादस्थित अनुसन्धानात्मक अदालतले ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

Advertisement

उनलाई गत वर्ष बगदादमा इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्याको अभियोग लागेको छ।

इरानले मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित ४८ अमेरिकी उच्च अधिकारीविरूद्ध यसअघि नै अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा पक्राउ पुर्जीको माग गरेको थियो।

सन् २०२० को जनवरी ३ मा इराकको बगदादमा ड्रोन आक्रमण गरी अमेरिकाले जनरल सुलेमानीको हत्या गरेको थियो।

More News last news
Loading...