नङ भाँचिएर हैरान हुनुहुन्छ ? बलियो र सुन्दर बनाउन यी उपाय अपनाउनुहोस्

काठमाडौँ । नङको सही हेरचाहले सुन्दरता बढाउनुका साथै स्वस्थ रहन सहयोग पु-याउँछ। नङलाई सुन्दर तथा बलियो बनाउन सधैँ पार्लर धाउन पनि सम्भव हुँदैन। नङको सही तरिकाले हेरचाह गर्न केही घरेलु उपाय पनि अपनाउन सकिन्छ।

राति सुत्नुपहिले ओलिभ आयलले हल्का तरिकाले नङमा पाँच मिनेटसम्म मसाज गर्ने । त्यसपछि कटनको पन्जा लगाउने।

Advertisement

नरिवलको तेलमा एकचौथाइ मह र रोजमेरीको तेल मिलाउने। त्यसलाई अलिकता तातो बनाउने।

नङलाई त्यो मिसाइएको प्याकमा १५ मिनेटसम्म डुबाएर राख्ने। यस्तो प्रक्रियाले नङ सुन्दर हुनेभन्दा पनि स्वस्थ हुन्छ। नियमित एक हप्तासम्म यो उपचार गर्दा नङ बलियो हुन्छ।

सुन्तलाको ताजा रसमा नङलाई १० मिनेटसम्म डुबाउने। हप्तामा एक वा दुईपटक यसो गर्दा नङ बलियो र सुन्दर हुन्छ।

एक चम्चा कागतीको रसमा तीन चम्चा ओलिभ आयल मिलाएर १० मिनेटसम्म नङलाई रगड्दा दह्रो हुनुका साथै चाँडै बढ्न मद्दत गर्छ । यो दिनको एकपटक गर्दा राम्रो हुन्छ।

More News last news
Loading...