इन्डोनेशियाबाट ५० जना यात्रु बोकेर उडेको बिमान १ मिनेटमै बेपत्ता

एजेन्सी । इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ।

द श्रीविजय एयर बोइङ ७३७ विमान देशको पश्चिमी प्रान्तको पोन्टिआनक भन्ने स्थानमा जाने क्रममा बेपत्ता भएको बीबीसीले जनाएको छ

Advertisement

बीबीसीका अनुसार उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमले एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको जनाएको छ।

बेपत्ता भएको जहाजको खोजी इन्डोनेशियाली सरकारले शुरू गरिसकेको समाचारमा जनाइएको छ।

More News last news
Loading...