महिलामा पुरुष हर्मोन बढेर लाग्नसक्छ यस्तो रोग, कसरी सर्तक हुने ?

काठमाडौँ । कतिपय यस्ता रोग हुन्छन्, जो महिलामा बढी संभावना हुन्छ । स्तन क्यान्सर, पाठेघरको समस्या जस्ता केही रोगले महिलालाई सताउने गर्छ।

हालै एक एक च्याट शोका क्रममा भारतीय अभिनेत सैफ अली खान तथा अमृता सिंहको छोरी सारा अली खानले (जो हालसालै केदारनाथ नामक फिल्मबाट बलिउड डेब्यु गरेकी छिन्) पनि आफूलाई पिसिओडी भएको खुलासा गरेकी थिइन्।

Advertisement

उनले भनेकी थिइन्, ‘मलाई पनि पिसिओडीको समस्या छ, त्यसैले मेरो वजन लगातार बढिरहेको छ।’ त्यसैले, नयाँ फिल्मका लागि शरीरलाई फिट राख्नका लागि पनि आफूले निकै धेरै मेहेनत गर्नु परेको उनको भनाई छ।

हुन त महिलाको तौल बढ्नुमात्र पिसिओडीको लक्षण हैन। यसका अन्य थुप्रै लक्षणहरु छन्, जसलाई वेवास्ता गरेर महिलाहरु स्वास्थ्यमा जटिल समस्या निम्त्याउने गर्छन्।

के हो पिसिओडी ?
महिलाहरुमा ‘आम’ मानिने पिसिओडीको समस्या स्वास्थ्य सम्बन्धि एक प्रकारको गम्भीर समस्या हो । शरीरको सिस्टममा कुनै किसिमको गडबडी भएमा पिसिओडी हुने गर्छ।

विशेषगरी, प्रजनन उमेर समूहका महिलामा हर्मोनको सन्तुलन भएमा महिलाको शरीरमा एन्ड्रोजन नामक पुरुष हर्मोनको स्तर बढेर अण्डकोष (ओभरी)वरिपरि ससाना सिष्ट पलाउने गर्छ।

यसले महिनावारी अनियमित बनाउनुका साथै शरीरमा इन्सुलिनको स्तर, तौल तथा फर्टिलिटी हर्मोनलाई समेत प्रभावित पार्ने हुदाँ पिसिओएसको तुलनामा पिसिओडीको समस्या बढी जटिल मानिन्छ।

जीवनशैली सुधारेर तथा खानपानमा ध्यान दिएर पिसिओएसको समस्यालाई कम गर्न सकिन्छ। यसको लागि कार्बोहाइड्रेट्सयुक्त खानेकुराको सेवन कम गर्नु पर्छ। परिणामस्वरुप, तौल कम हुनुका साथै महिनावारी नियमित हुन्छ। खानपान तथा जीवनशैलीमा सुधार ल्याउँदा पनि यो समस्या कम नभएमा एक पटक चिकित्सकलाई देखाउनु पर्छ।

More News last news
Loading...