काठमाडौँ । भनिन्छ, महिलाको सौन्दर्य उसको कपालमा पनि हुने गर्दछ। लामो, कालो, मुलायम कपाल बनाउने धेरेको चाहना हुन्छ।
यही चाहनालाई पुरा गर्नका लागि विभिन्न किसिमका हेयर केमिकलको प्रयोग समेत गर्ने गछौँ। यस्ता विभिन्न केमिकलको प्रयोगले कपाल बढ्नुको साटो उल्टै झर्ने समस्या थपिन सक्छ।
त्यसै जति सक्यो घरेलु उपाय अप्नाउनु निकै उत्तम मानिन्छ। आज हामी तपाईलाई कपाल लामो, बाक्लो र मुलायम बनाउने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ।
कपाल लामो बनाउन यी घरेलु उपाय अप्नाउनुहोस्
मसाज
तेल मसाज कपाललाई लामो गर्ने सबैभन्दा राम्रो प्राकृतिक उपाय हो। मसाज गर्नुभन्दा पहिले तेललाई हल्का तताउनुहोस् र मसाज गर्नुहोस्। मसाजबाट कपाललाई पोषण प्राप्त हुन्छ।
अण्डा
अण्डाको सेतो भागमा थोरै जैतूनको तेल वा मह हालेर राम्रोसँग फिट्नुहोस् र यसलाई कपालमा लगाए एक घण्टासम्म छोडिदिनुहोस्।
त्यसपछि यसलाई स्याम्पु लगाएर राम्रोसँग नुहाउनुहोस्। यसो गर्नाले कपाललाई चाहिने आवश्यक पोषक तत्व पूर्ती हुन्छ र कपाल राम्रोसँग बढ्छ।
मेहेन्दी
एक कप मेहेन्दी पाउडरमा आधा कप दही मिसाएर करिब २ घण्टा यत्तिकै छोडिदिनुहोस्। त्यसपछि यसलाई टाउकोमा लगाउनुहोस् र सुकेपछि पखाल्नुहोस्। मेहेन्दी लगाउँदा कपाल बलियो र बाक्लो हुने गर्दछ।
अमला
अमलामा क्यारोटिनायडजस्ता पोषक तत्व हुने भएकाले यसले कपाललाई बढ्न सहयोग गर्दछ। अमलाको जूसलाई हप्तामा एक पटक कपालमा लगाउँदा कपाल तीब्र रुपमा बढ्ने गर्दछ।
आलूको रस
आलूले कपाललाई निकै छिटो बढ्न सहयोग पनि गर्दछ। नुहाउनुभन्दा पहिले टाउकोमा आलूको रस लगाउनुहोस् त्यसपछि १५ मिनेछ पछि कपाल पखाल्नुहोस्। आलूमा पाइने भिटामिनले तपाईंको कपाललाई लामो, बाक्लो र बलियो बनाउँछ।
मेथी
मेथीलाई पिन्नुहोस् र त्यसमा थोरै पानी हालेर पेष्ट बनाउनुहोस्। यसलाई कपालमा लगाएर आधा घण्टासम्म छोडिदिनुहोस् र पानीले पखाल्नुहोस्। यसले कपाल तिब्र रुपमा बढ्छ र कपालको चायाँ छ भने पनि हट्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
