स्मरण शक्ति कसरी बढाउने ? यस्ता छन् ७ वटा उपायहरु

काठमाडौँ । हामी सबैको स्मरण शक्ति फरक फरक हुन्छ । कसैको स्मरण शक्ति कम छ भने उसलाई मस्तिस्क को रोगि भनि हाल्न मिल्दैन । उसको खानपान र रहन सहन ले पनि उसको स्मरण शक्ति कम हुन सक्छ । तर यदि स्मरण शक्ति निकै मात्रामा कम छ भने मस्तिस्क मा कुनै रोग को कारण पनि यस्तो भएको हुन् सक्छ ।

यहा मस्तिस्कको क्षमता बढाउन को लागि केहि टिप्स हरु छन् जसको कमि हुदा पनि मस्तिस्क को स्मरण शक्ति कमि भएको हुन सक्छ र यी टिप्स ले मस्तिस्क को क्षमता बढाउन पनि ठुलो सहयोग गर्दछ ।

Advertisement

स्मरण शक्ति बढाउने यी ७ उपायहरु
योगा
दिमाग को व्यायाम
पोसिलो खानेकुरा
चुरोट वा सुर्ती जन्य पदार्थ नखाने

योगा
योगा ले मस्तिस्कमा विभिन्न हर्मोनहरु को उत्पादन गर्छ र ति हर्मोनहरुले स्मरण शक्ती को क्षमता लाई तिब्र गति ले विकास गर्दछ । योगाले हाम्रो मस्तिस्क मा मात्र होइन पुरा शरिर भरी नै ठुलो परिवर्तन ल्याउछ । स्मरणशक्ती कम हुदा योगा गर्नु अति नै जरुरी हुन्छ ।
प्रयाप्त मात्रामा सुत्ने
नयाँ कुरा सिक्न मा ध्यान दिने
सिकेका सुनेका कुरा भिजुअलाइज गर्ने

दिमाग को व्यायाम:
हामीले शरीरको ब्यायाम को बारेमा त बुझेको छौं तर दिमाग को व्यायाम को बारेमा कमै मात्रामा बुझेको छौं । दिमाग को ब्यायाम गर्न हामीले दिमागी काम गर्नु पर्दछ जस्तै कि चेस खेल्ने, बुद्धि चाल खेल खेल्ने, पजल्स, प्रश्न उत्तर, भिडियो गेम आदि दिमाग लगाउने किसिम का खेल खेल्नु पर्दछ यसले दिमाग मा कसरत भै दिमाग को स्मरण क्षमता बढाउने गर्दछ ।

पोसिलो खाने कुरा :
दिमाग लाई चाहिने पोषण तत्वहरु पाइने खानाहरु खान पनि जरुरी हुन्छ । यसमा पर्दछन् हरियो सागपात, बदाम, ओखर, काजु आदि । यी खानाहरुको सबै सुचि हामी दोश्रो पोस्ट मा बताउने छौं ।

रोट वा सुर्ती जन्य पदार्थ नखाने :
सुर्ती जन्य पदार्थ ले हाम्रो मस्तिस्क को क्षमता लाई १० गुणा बढी कम गराउदछ । सुर्ती मा पाइने निकोटिन को प्रमुख काम नै स्मरण क्षमता मा कमि ल्याउनु हो र यसले अन्य असर भने विस्तारै गर्दै जाने गर्दछ त्यसैले मस्तिस्क को क्षमता बढाउन सुर्ती जन्य पदार्थ तुरन्तै छोड्न जरुरी हुन्छ ।

प्रयाप्त मात्रामा सुत्ने :
सुत्नु हाम्रो मस्तिस्क लाई आराम दिनु हो । सुते पछि हाम्रो मस्तिस्कको लोड कम भै आराम पाउदछ र यस्तो हुदा मस्तिस्कमा को क्षमता बढदछ । गहिरो निन्द्रा मा डुबेर सुत्ने हरु प्राय चलाख, दिमाग लगाउने, र स्मरण क्षमता बढी भएको व्यक्ति हरु हुन्छन । त्यसैले दिमाग को क्षमता बढाउन प्रयाप्त मात्रामा निन्द्रा पुर्याउन पनि जरुरी हुन्छ ।

नया कुरा सिक्न बल गर्ने :
राम्रो होस् या नराम्रो, सफल होस् वा असफल तर हरेक दिन हरेक पल सधैं नया कुरा को खोजी गर्ने यस्तो गर्दा हाम्रो मस्तिस्क सधै चलाख हुने गर्दछ र यो प्रक्रिया दैनिक हुदा मस्तिस्क को स्मरण शक्ति मा पनि चाडै परिवर्तन आउने हुन्छ ।

जस्तै कि यो एप मा हरेक कुरा नया विषयवस्तु को बारेमा दिइएको छ । यी सबै जानकारी हरु दैनिक पढ्दा मात्रै पनि तपाइको स्मरण क्षमता करिव ५ देखि १० गुणा दैनिक मस्तिस्क को क्षमता बृद्दी हुनेछ ।

सिकेका,सुनेका कुरा भिजुअलाइज गर्ने :
हाम्रो मस्तिस्क ले कुनै पनि कुरा सुनेको भन्दा लामो समय सम्म देखेको कुरालाई रेकर्ड गर्दछ । यदि तपाइले कसैको नाम सुन्नु भयो र यसलाई लामो समय सम्म याद गर्न उक्त नाम लाई कुनै कथा को विषय संग जोडी दिनुहोस् वा तपाइले देखेको कुनै बस्तु संग मन मनै जोडी दिनुहोस यसो गर्दा तपाइले उक्त नाम कहिले बिर्सनु सक्नु हुने छैन ।

More News last news
Loading...