काठमाडौँ । चिसो दिनप्रतिदिन बढेको छ। शरीरमा बाक्लो कपडा र टाउकोमा भुवादार टोपी नलगाएसम्म चिसोले मुटु कमाउँछ।
त्यसैले अधिकांशले जाडोयाममा टाउकोमा टोपी छुटाउँदैनन्। तर टोपी लगाइरहँदा टाउकोमा चिलाउने, चायाँ पर्ने, कपाल बिग्रने जस्ता समस्या पनि देखा पर्छ।
जाडोबाट बच्न लगाइने टोपीले कपालमा झनै चायाँको समस्या निम्त्याउने भन्दै ब्युटिसियन सकभर स्कार्पले कपाल छोप्न तर टोपी नलगाउन सल्लाह दिन्छन्।
तर टाउको शरीरको निकै संवेदनशिल भाग भएको कारण पनि चिसोबाट यसलाई बचाउनुपर्छ। कपाललाई लामो समयसम्म गुम्स्याएर राख्यो भने चायाँको समस्या झनै बढ्छ। त्यसैले जाडोमा घाम लागेको बेला टोपी फुकाल्नुपर्छ।
धेरैबेर टाउकोमा हेलमेटको प्रयोग गर्दा पनि टाउँकोमा पसिना आई कपाल रुखो बनाउँछ। यसप्रति सचेत हुनुपर्छ।
चाँया हटाउने घरेलु तरिका
कागतीको रसः नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस्। कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् । यसले कपालमा भएको चिपचिप हटाउन, चाँया भगाउन र कपालमा चमक ल्याउन मद्दत गर्छ ।
एलोभेरा जेलः नुहाउनु भन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । त्यसलाई त्यतिकै २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् ।
दहीः कपाल र तालुमा दही राखेर करिब १ घण्टा त्यतिकै छाड्नुहोस्। स्याम्पु लगाएर राम्ररी पखाल्नुहोस्। यसलाई हप्ताको दुई पटक गर्नुहोस् ।
ब्युटिसियन विमला मगर भन्छिन्, “आफ्नो कपाल सुन्दर होस् भन्ने चाहना सबैको हुन्छ। तर दुषित हावा, व्यस्त जीवनशैली, हेरचाह पर्याप्त नगर्नु, फोहोर पानी र बढ्दो केमीकलको प्रयोगका कारण धेरैको कपाल रुखो भएको छ।
अझै स्कुटरमा हिँड्ने युवतिहरुको कपाल लामो समयसम्म हेलमेटभित्रै गुटमुटाउँदा पसीनाले कपाल हेरिसाध्यै हुँदैन। परिणामस्वरुप कपाल सुक्खा हुन्छ र झर्ने समस्या पनि बढ्छ। हेर्दा पनि झुर्रर्र पर्छ। मेरो पार्लरमा आउने अधिकांश दिदीबहिनी यहि समस्या लिएर आउनुहुन्छ।”
उनी सल्लाह दिन्छिन्, “कुनै रसायनको प्रयोगविना नै कपाल मुलायम बनाउन सकिन्छ। चाँया पर्ने, झर्ने, टुक्रिनेकपालको समस्याबाट मुक्त हुनका लागि तपाईले प्रयोग गर्नुपर्छ, प्याज।”
के हुन्छ, यसको प्रयोगले ? कसरी प्रयोग गर्ने ?
जरा मजबुत बनाउँछ
प्याजको रस कपालमा लगाउँदा यसमा पाईंने तत्वले कपालको जरा बलियो हुन्छ, कपाल बाक्लो बनाउँछ।
प्याजको रस सही रुपमा प्रयोग गर्दा कपाल चम्किलो र सिल्की बन्छ।
प्याजको रसमा पाईने एन्टिब्याक्टेरियलले कपालमा चाँया कम गर्नुका साथै कपाल बाक्लो र लामो बनाउन मद्धत गर्छ । त्यसैले प्याजको रस नियमित प्रयोग गर्दा तपाईको कपाल लामो र बाक्लो हुन्छ।
प्याजको रस बनाउने विधि
पहिले प्याजलाई ताछेर धुनुहोस् ।
छोटो(छोटो टुक्रा बनाउनुस् ।
काटिसकेपछि पिस्नुहोस् ।
यसपछि यसलाई जालीमा राखेर छान्नुहोस् ।
प्याजको रस रेडी हुन्छ।
अब कपालमा लगाउनुहोस्।
प्याजको रस लगाएपछि केही समय तपाईलाई चहर्याउन वा चिलाउन पनि सक्छ । तर,केही समयमै ठीक हुन्छ।
यो क्रम दोहोर्याएमा यस्तो समस्याबाट छिट्टै मुक्ति मिल्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
