ट्रम्पको ट्वीटर एकाउण्ट स्थायी रूपमा निलम्बन

एजेन्सी । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन गरेको छ ।

अझै पनि ट्रम्पले हिंसालाई उकास्ने खतरा कायमै रहेकाले उनको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन गरेको ट्वीटरले जनाएको छ।

Advertisement

चुनावी परिणाम अस्वीकार गर्ने क्रममा ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गर्दा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो। सो घटनापछि ट्रम्पको ट्वीटर १२ घण्टाका लागि बन्द गरिएको थियो।

More News last news
Loading...