यी हुन् ३ पटकको प्रयोगमै दाग हटाई छाला चम्किलो बनाउने उपाय

काठमाडौँ । आजभोलि छालालाई सुन्दर तथा आर्कषक बनाउने विभिन्न किसीमका सौन्दर्य प्रशाधनहरु पाईन्छ। जस्मा विभिन्न रसायनहरु मिसाईएको हुन्छ।

जसले स्वास्थ्यमा नराम्रो असर गर्छ। आज हामी तपाईंलाई प्राकृतिक उपायबारे जानकारी दिन्छौं। यसको लागि तपाईंले २ वटा उपायलाई अपनाउन सक्नुहुन्छ।

Advertisement

आलु र कागतीको प्रयोग

आवश्यक सामाग्रीहरु

१ वटा आलु

१–२ कागतीको रस

बनाउने विधि

सबैभन्दा पहिला काँचो आलुलाई ब्लेन्डरमा हालेर पिस्नुहोस। त्यसपछि यसलाई कागतीको रससंग मिसाउनुहोस्।

यस मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाई २० मिनेटसम्म त्यसै छोड्नुहोस् । र सफा पानीले मुख धुनुहोस्।

आलु र काँक्रोको प्रयोग

१ वटा आलु

१–२ काँक्रो

बनाउने विधि

सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई एउटा ब्लेन्डरमा हालेर पिस्नुहोस्। त्यसपछि मिश्रणलाई गोलाकार रुपमा अनुहारमा लगाउनुहोस्।

यसलाई २५ मिनेटसम्म त्यसै छोड्नुभई त्यसपछि सफा पानीले मुख धुनुहोस्।

More News last news
Loading...