औषधिसँग भूलेर पनि नखानुहोस् यी चीज, हुनसक्छ स्वास्थ्यका लागि खतरा

काठमाडौँ । कयौँ पटक मानिस छिट्टै आराम पाउनका लागि हतार हतारमा कुनै पनि चीजसँग औषधि सेवन गरिहाल्छन्।

जसका कारण रोग सन्चो हुनुका साथै उल्टै स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ। आज हामी तपाईलाई औषधिसँग खान नहुने केही कुराका बारेमा जानकारी दिदैछौँ।

Advertisement

औषधिका साथ सेवन नगर्नुहोस् यी चीजः

अल्कोहल
अल्कोहलको सेवन स्वास्थ्यका लागि हानिकारण हुने गर्दछ। अल्कोहलका साथ डायबिटीज, पेन किलर, एलर्जी वा कुनै अन्य औषधिको सेवन नगर्नुहोस्। यसले लिभरलाई भारी नोक्सान पुर्याउने गर्दछ।

केरा
केरामा पोटासियम निकै धेरै मात्रामा पाउने गर्दछ। यसका साथै उच्च रक्त्तचापको औषधि सेवन गर्दा शरीरमा पनि पोटासियमको मात्रा बढ्ने गर्दछ। यसबाट हृदयघातको जोखिम उच्च हुने गर्दछ।

हरियो तरकारी
हरियो तरकारीसँग कुनै पनि प्रकारको औषधिको सेवन नगर्नुहोस्। हरियो तरकारीमा भिटामिन भरपूर मात्रामा पाइने गर्दछ। यो सँगै औषधिको सेवन गर्दा रगत जम्ने खतरा अत्यधिक हुने गर्दछ।

कफ सिरप
चिसो मौसममा खोकी लाग्नु आम समस्या हो । मानिस खोकीबाट राहत पाउनका लागि कफ सिरपको सेवन गर्ने गर्दछन्। तर कफ सिरपका साथ अन्य औषधिको सेवन हानिकारक हुने गर्दछ।

दूध र कफी
दूध र कफीसँग कहिलै पनि औषधिको सेवन नगर्नुहोस्। यसमा औषधि राम्रोसँग घुल्न सक्दैन र पछि स्वास्थ्यका लागि निकै खतरा हुने गर्दछ।

More News last news
Loading...