महमा अलिकती यो चिज मिसाएर अनुहारमा लगाउनुहोस्, मिल्नेछ डण्डिफोर र दाग-धब्बाबाट छुटकारा

काठमाडौँ । अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण अनुहारको सुन्दरता बिग्रन सक्छ।

यदी तपाई पनि अनुहारमा आउने दाग धब्बा तथा डण्डिफोर हटाएर अनुहारमा सुन्दरता देख्न चाहनुहुन्छ भने यी ६ टिप्सको प्रयोग गर्नुहोस्। जसले गर्दा तपाई बिग्रीएको सुन्दरता फिर्ता पाउन सक्नुहुनछ।

Advertisement

यस्ता छन् अनुहारमा चमकता ल्याउने घरेलु उपाय :

दही र बेसारको फेस प्याक
एक चम्चा दहीमा एक चम्चा बेसार मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि १५ मिनेटपछि सफा पानीले अनुहार धुनुहोस्। यो कार्य केही दिन गर्नुभयो भने तपाईको अनुहारमा चमकता आउनेछ।

मह र बेसार
गर्मीमा अलिकति महमा बेसार मिलाएर अनुहारमा लगाउनुहोस्। केही मिनेटपछि यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारमा सुन्दरता आउनुका साथै गर्मीका कारण आएको कालोपना हटेर जानेछ।

आलु र दहीको प्याक
एउटा आलुलाई मसिनो गरी पिसेर त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा अलिकती दही मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई १५ मिनेटमा सफा पानीले धुनुहोस् । त्यसको प्रयोग केही दिनसम्म गर्दा तपाईले अनुहारमा चमकता पाउनुहुनेछ।

मह र पानी
दुई चम्चा महमा अलिकती पानी मिसाएर अनुहारमा लगाउनुहोस्। केही समयपछि सफा पानीले अनुहार धुनुहोेस्। यसको केही दिनको प्रयोग पनि तपाईको अनुहारमा फरक पाउनुहुनेछ।

गाजर र मह
गर्मीमा गाजरलाई मसिनो गरी त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा आधा चम्चा मह मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि केही मिनेटमा त्यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारको चमकता फर्किन सक्छ।

चन्दन, दही र दुध
थोरै चन्दन, दही र दुध मिसाएर २ वा ३ मिनेटसम्म अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई सफा पानीले धुनुहोस्। यो प्रयोग केही दिनसम्म गर्दा तपाईको अनुहारमा सुन्दरता आउन सक्छ।

More News last news
Loading...