काठमाडौँ । अनुहारलाई राम्रो बनाउनको लागी जति त्यसको देखभाल गर्नुपर्दछ त्यतिनै देखभालको जरुरत पाउको लागी पनि पर्दछ।
त्यसैले अनुहार र अन्य शरीरको जति देखभाल गर्नुहुन्छ उति नै देखभाल आफ्नो खुट्टा अथवा पाउ लाई सुन्दर बनाउनको लागी गर्नुपर्दछ।
तपाईको दिनभरको रुचिनबाट थोरै टाइम निकालेर पाउको देखभाल गर्नसक्नुहुनेछ। दिनभरी काम गर्दा रुखा भएका पाउलाई कोमल र मुलायम बनाउन यस्तो उपाय अपनाउनुहोस् तपाईको पाउँ छिट्टै नै राम्रो र मुलायम हुनेछ।
फुर्सदको समयमा या त टिभी देखीरहनुभएको समयमा एउटा राम्रो क्रिम या त तेलले हल्कासँग आफ्नो पैतला, खुट्टामा मालिस गर्नुहोस्।
केही बेरसम्म लगाएको तेल तपाईको पैतलामा अथवा पाउँमा सुख्खा हुन दिनुहोस् । यसले थाकेको खुट्टालाई आराम मिल्दछ र सुख्खा भएको त्वचा नरम र मुलायम हुनेछ।
आउनुहोस् जानौँ खुट्टाको पैताला र पाउँलाई नरम बनाउने टिप्स
यदि तपाईको खुट्टामा पसिना आएको छ भने मनतातो पानीमा कागतीका केही थोपा हाल्नुहोस्। र आफ्नो खुट्टालाई १५ मिनेटसम्म त्यस पानीम डुबाउनुहोस् र पुछ्नुहोस्।
थोरै मात्रामा माटो लिएर त्यसमा गुलाबजल हालेर पातलोसँग आफ्नो पैतालामा लगाउनुभयो भने पनि तपाईले आफ्नो पाउँमा आउने पसिनाबाट छुटकारा पाउनुहुनेछ।
तातो पानीमा नुन हालेर केही बेरसम्म आफ्नो खुट्टालाई डुबाउनुहोस्। यसले तपाईको थाकेको खुट्टालाई आराम मिल्नेछ।
मुल्तानी माटोमा दही हालेर पेस्ट बनाई आफ्नो खुट्टा पैताला पाउँमा लगाउनुहोस् र केही बेर सुकाएपछि धुनुहोस् तपाईको पाउँ सधै मुलायम रहन्छ।
यदि खुट्टाको त्वचा एकदमै सुख्खा भएको छ भने मनतातो पानीमा जैतुनको तेल हाल्नुहोस् र १५ मिनेटसम्म आफ्नो खुट्टालाई भिजाएर राख्नुहोस् र केही बेरसम्म राखेर पुछेपछि कुनै राम्रो क्रिम आफ्नो खुट्टामा लगाउनुहोस्।
आफ्नो पाउलाई मुलायम बनाउनको लागी नौनीमा केही कागतीको रस चुहाउनुहोस्। दुई चम्चा ग्लिसिरन र एक चम्चा गुलाबजलमा एक चम्चा कागतीको रस मिक्स गर्नुहोस् र एउटा कुनै बट्टामा राख्नुहोस् र सँधै सुत्नुभन्दा अगाडि लगाउनुहोस् तपाईको पाउँ सोचेभन्दा राम्रो हुनेछ।
यदि तपाईका पाउँ चिसा हुन्छन् भने सुत्नुभन्दा अगाडि जैतुनको तेल लगाएर सुत्ने गर्नुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
