चियामा मिलाएर खानुहोस् तुलसी, ग्याष्ट्रिक देखि पत्थरी, दाँतमा किरा लाग्ने समस्याबाट मिल्दछ छुटकारा !

काठमाडौँ । हामी सबैको घरको पुर्व पट्टिको साइडमा तुलसीको विरुवा वा तुलसीको मोठ रहको हुन्छ। धार्मिक परम्परा अनुसार पनि घरको पुर्व पट्टि तुलसीको मोठ राख्नु राम्रो मानिन्छ भने वैज्ञानिक कारण अनुसार पनि तुलसीले धेरै अक्सिजन फ्याँक्ने हुँदा घरको पुर्व पट्टि तुलसीको मोठ बनाउनु उत्तम हुन्छ।

तुलसी जतिबेला पनि पाइने एक हर्ब हो। तुलसीको पात, डाँढ,फुल,जरा सबै अति महत्वपूर्ण घरेलु औषधी हो। प्राचिन समय देखि नै हाम्रा पुर्खाहरुले तुलसीलाई भगवानको रुपमा पुजा गर्ने चलन छ तर वैज्ञानिक हिसावले हेर्ने हो भने पनि तुलसी एक जडी औषधि हो।

Advertisement

तुलसीमा मानव शरीरमा हुने हरेक रोगको लागि चाहिने विशेष गुण पाइन्छ जसले तुलसीलाइ एक जडी औषधिको रुपमा चिनाएको छ। तुलसीको पात मात्रै पनि नियमित चपाएर खाने गरेमा हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँदछ।

तुलसीमा एन्टीअक्सिडेन्ट,एन्टी एजिङ र एन्टीफँगल जस्ता तत्वहरु पाइन्छ । तुलसीको पात दैनिक सेवन गरे शरीरको इम्युनिटी पावर अर्थात् रोग संग लड्ने क्षमता बढाउछ । कोरोना संक्रमण जस्तो भयानक महामारीको रोगमा पनि कोरोना संक्रमितहरुमा कोरोनाबाट चांडै निको हुन तुलसीको पातले निकै ठुलो साथ दिएको छ।

कोरोना सँङक्रमण भएको व्यक्तिले नियमित तुलसीको पात चपाएर खाने गर्दा कोरोनाबाट चांडै छुटकारा पाउने गर्छन। तुलसीको पात र वन-अमलाले इम्युनिटी बढाउन धेरै मद्दत गर्छ। तुलसीको पात, बाबरीको पात, अदुवा, बेसार जस्ता हर्बहरु आयुर्वेदिक उपचार तथा घरायसी उपचारमा प्रयोग गरिने महत्वपूर्ण औषधीहरु हुन । तुलसीको पातको सेवन गर्दा धेरै वटा रोग तथा सङक्रमण बाट बच्न सकिन्छ ।

तुलसीको पातमा भिटामिन ए, भिटामिन सी, क्यालसियम,जिङक,आइरन क्लोरोफिल पाइन्छ । तुलसी हिन्दू धर्म परम्परा मा पनी अत्यन्तै महत्वपूर्ण मानिन्छ । हिन्दुधर्म तथा नेपाली समाजमा मानिसको जन्म मृत्यु सँस्कारमा तुलसी अति आवस्यक रहेको हुन्छ ।

तुलसीको पात खाँदा हुने १५ फाइदाहरु

तुलसी बिभिन्न मुलुकमा औषधी बनाउनको लागी निर्यात गर्न थालिएको छ । तुलसीको पातबाट धेरै कस्मेटिक आइटमहरु, आयुर्वेदिक दवाइहरु बनिने गर्छ । विशेषगरी तुलसीको आयुर्वेदिक टोनिक झोल दबाइहरु, पाउडर क्यापसुल आदि जस्ता औषधि बनिने गर्छन। खोकीको औषधि, दमको औषधि, कफ सिरफ आदि बनाउन तुलसीको प्रयोग गरिएको हुन्छ।

तुलसीको पात खाँदा हुने फाइदाहरु:
तुलसीको पात चपाएर खाने गर्दा धेरै वटा रोगहरु बाट छुटकारा पाउन सकिन्छ। यस्ता छन् दिनहुँ

तनाव कम गर्ने
तनाव, चिन्ता वा मानसिक समस्या हुँदा हरेक दिन तुलसीको पात चपाएर खानु उत्तम हुनेछ। तुलसीको पातमा पाइने रसायनले मानसिक समस्या हुनबाट बचाउने छ। मस्तिस्कमा उर्जा दिने कार्य गर्दछ ।
शारीरिक स्फुर्ती र उर्जावान बनाउने छ।

डिप्रेसन र एन्जाइटी कम गर्ने :
डिप्रेसनको समस्या हुनेलाई,एन्जाइटीको समस्या हुनेहरुलाई, तुलसीको पात एकदमै उपयोगी हो ।

स्मरण शक्ति बढाउने :
तुलसीको पातले स्मरण शक्ती बढाउन मदत गर्दछ । नियमित तुलसी खाने मानिसमा स्मरण शक्ति बढेर आउने हुन्छ। दिमागको कार्य क्षमता बढ्ने छ। यसको फाइदा लिनलाई तुलसीको पात, डाँठ सबै चिया जस्तो पकाएर नियमित खान सकिन्छ ।

चियाको रुपमा तुलसीको चिया बनाएर पिउँदा अझ बढी फाइदा मिल्दछ। किनकि चिया हरेक समय पिउने भएकाले तुलसीको चिया पिउँदा हरेक समय तुलसी खाइ रहिन्छ जसले अझ बढी फाइदा मिल्ने छ। तुलसी को चियामा क्याफिन नहुने भएकाले तुलसीको चिया जति पिए पनि कुनै असर हुँदैन र मस्तिस्क र शरीर अंगको लागि फाइदाकारी हुनेछ।

निन्द्रा नलाग्ने समस्याको घरेलु उपचार :
निन्द्रा नलाग्ने मानिसहरुले तुलसीको पात खाने गरेमा वा तुलसीको चिया पिउने गरेमा मिठो निन्द्रा लगाउन मद्दत गर्दछ। तुलसीको डाँठलाई पिसेर पाउडर बनाएर चियामा मिसाएर पनि प्रयोग गर्न सकिन्छ।

ज्वरोको घरेलु उपचार:
जोरो आएको बेला तुलसीको पात खानु पर्छ। तुलसीको पातले ज्वरो लाइ ठिक गर्ने छ। टाइफाइड भएमा पनि तुलसीको पातको रस मरिचको साथमा पिउने गर्दा अतिनै फाइदा हुन्छ।

मलेरीयाको समस्या हुँदा तुलसीको पातको रसले ठिक गर्दछ । यदी जन्डिसको समस्या छ भने तुलसीको पातको रस वा चिया बनाएर नियमित पिउनु पर्छ। जन्डिसको समस्याको लागी पनि तुलसी एकदमै राम्रो हो ।

पेट रोगको घरेलु उपचार :
पेटरोग को घरेलु उपचार को लागि तुलसीको पात तथा तुलसीको पाउडर नियमित खाने गर्नु पर्छ। तुलसीले पेट रोगको लागी एकदम फाइदा पुर्याउँछ । पेट सम्बन्धि रोगहरुमा पर्ने ग्यास्ट्रिक बढने, अपच हुने, भोक नलाग्ने जस्ता समस्याको घरेलु उपचारको निमित्त तुलसीलाइ लिन सकिन्छ।

अपच हुने समस्या हटाउन मदत गर्दछ
भोक बढाउन सहयोग गर्दछ
ग्यास्ट्रिकको समस्या घटेर जान्छ
पेटमा म्युकस लाइनहरुको बिकास गर्दछ
म्युकस लामो समय सम्म स्वस्थ रहिरहन्छ र खाना राम्रो तरिकाले पच्छ ।

ग्यास्ट्रिकको समस्या भएमा, खाना नपच्ने भएमा, बमिट हुने जस्ता समस्याहरु भएया तुलसीको पात को खान सकिन्छ। ग्यास्ट्रिकको समस्याबाट बच्नको लागी तुलसीको चिया नियमित पिउनुपर्छ यसले धेरै पुरानो ग्यास्ट्रिकलाई पनि ठिक गर्दछ ।

हार्ड-जोर्नी सम्बन्धि समस्याको समाधान
हार्ड जोर्नी दुख्ने, जोर्नी सुन्निने समस्या हुँदा तुलसीको पात सेवन गरे धेरै राहत मिल्ने छ। तुलसीको पात सेवन गर्ने मानिसहरुलाई जोर्नी दुख्ने, जोर्नी सुन्निने समस्या विस्तारै आफैं ठिक हुँदै जाने हुन्छ। तुलसीको पात हर समय खाइरहनुपर्छ। यसले हार्ड जोर्नी सम्बन्धि समस्याको समाधान गर्दछ।

पिसाव पोल्ने समस्याको समाधान :
पिसाव पोल्ने विशेष कारण ग्त्क्ष् ले गर्दा हुन्छ। ग्त्क्ष् को घरेलु उपचारको लागि तुलसी अतिनै फाइदाकारी हुन्छ। तुलासीमा एन्टीब्याक्टेरियल गुण हुने भएकाले पिसाव नलीमा भएको ब्याक्टेरियाको इन्फेक्सनलाई ठिक गरी पिसाव पोल्ने समस्याबाट छुटकारा दिलाउँदछ। तुलसीको पातको रस निकालेर यसलाई पिउने गर्दा एक दिनमै पिसाव पोल्ने समस्या दुर हुनेछ। तुलसीको रसले पिसाब थैलीमा हुने ब्याक्टेरिया सँक्रमण हटाउन मदत गर्दछ ।

पत्थरीको समाधान :
पत्थरीको समस्या हुनेहरुले नियमित तुलसीको चिया तथा तुलसीको पातको रस सेवन गरे पत्थरी हटाउनको लागी धेरै फाइदा गर्दछ ।

यौन कमजोरी दुर :
तुलसीको मन्जरी नियमित १ महिना महको साथमा खाने गरेमा पुरुषहरुमा हुने यौन कमजोरी हटेर जान्छ ।

खोकीको घरेलु उपचार :
यदि नियमित खोकी लागि रहन्छ भने तुलसीको पात सेवन गर्दा ठिक गर्दछ। कफ जम्ने समस्या,घाँटी दुख्ने, घाँटी खस(खस हुने समस्यालाई नियमित तुलसीको पात खाँदा ठिक हुनेछ। तुलसीले कफ निकाल्न सहयोग गर्दछ। तुलसीको चिया बनाएर पनि नियमित पिउन सक्नु हुनेछ।

डायरिया र बमिट हुने समस्याको समाधान :
डायरिया हुँदा, बमिट हुँदा तुलसीको पात वा तुलसीको पातको रस बनाएर खाने गरेमा ठिक हुन्छ । पेटमा ग्याँस बढेका मानिसहरुलाई तुलसीको पातले ठिक गर्दछ ।

आँखाको समस्याको समाधान :
आँखा सम्बन्धि समस्या हुनेहरुले तुलसीको पात नियमित खानुपर्छ । तुलसीमा पाइने भिटामिन ूएू ले आखाँको पावर बढाउने गर्दछ । त्यसैगरी तुलसीमा भिटामिन सी पाइने भएकाले तपाइको इम्युन पावर पनि बढाउने गर्दछ। तुलसीको मन्जरी खाने गरेमा पनी फाइदा हुन्छ ।

तुलसीको सेवन गर्दा हुने अन्य फाइदाहरु :
तुलसी एन्टीअक्सीडेन्ट भएको प्लान्ट हो । तुलसी नियमित सेवन गर्दा शरीर डिटोक्स गर्न सहयोग गर्दछ । शरीरमा भएका खराब बिषालु तत्वहरु बाहिरिन्छ । शरीरमा क्यानसरको सेलहरु बिकास हुन पाउंदैन । शरीरमा, अनुहारमा विभिन्न दाग, घाउहरु निस्कन पाउदैन । त्यसैले तुलसी को चिया तथा पाउडर बनाएर नियमित खाने गर्दा धेरै फाइदा मिल्दछ। शरीरमा घाउ तथा फँगल इन्फेस्कसन भएको छ भने तुलसी घोटेर लगाउने गर्दा ठिक हुनेछ ।

दाँतमा किरा लागेमा बेलुका सुत्ने बेला तुलसीको पात र मरिच चपाएर सुत्ने गर्दा ठिक गर्दछ र दाँत दुख्ने समस्या हटेर जान्छ । दाद र चिलाउने एलर्जीको समस्या हुँदा तुलसीको रस निकालेर लगाउने गर्दा ठिक हुँदछ ।

तुलसी हाम्रो घरवरीपरी जताततै जतिपनि पाइने वनस्पति हो । तुलसीको औषधीय गुणलाई सदुपयोग गर्न सके तुलसीबाट धेरै फाइदा लिन सकिन्छ।

More News last news
Loading...