काठमाडौँ । हाम्रो भान्छामा पाक्ने प्रायस् सबै खाद्य पदार्थमा खपत खपत हुने महत्वपूर्ण पदार्थ हो तेल ।
तेलको खपत विशेष गरेर चाडपर्वमा अझ धेरै हुन्छ ।
तेल सम्पूर्ण व्यञ्जवहरुको लागि आवश्यक पर्छ, तर तेल गुणस्तरीय भएन भने यसले धेरै हानि पनि पुऱ्याउन सक्छ ।
फास्टफूड स्टलहरुमा प्रायस् पुरानो तेलको प्रयोग गरिएको पाइन्छ ।
एक पटक प्रयोग भैसकेको तेल पुनस् प्रयोग गर्नाले हाम्रो स्वास्थमा जुन प्रकारको नोक्सान हुन्छ, त्यसको बारेमा थाहा पाउँदा तपाईंलाई आश्चर्य लाग्न सक्छ ।
प्रयोग भइसकेको तेल पुन:प्रयोग गर्नाले क्यान्सर हुने खतरा पनि बढ्छ ।
प्रायस् मानिसहरु पकाएर बचेको तेल पुनस् प्रयोग गर्छन्, तर हामीले तेललाई जति पटक तताउँछौ, त्यति नै त्यो तेल क्यान्सरको कारक बन्दै जान्छ ।
जब धेरै पटक एउटै तेललाई तताएर प्रयोग र्छौं, त्यो झन् हानिकारक बन्दै जान्छ ।
जब हामीले त्यो तेललाई पुनस् तताउँछौ, त्यसो नराम्रो पक्ष झन् धेरै बढ्छ ।
विशेषज्ञहरुका अनुसार पटक पटक तेल तताउँदा तेलमा भएको मुख्य पदार्थ नै नष्ट हुन्छ ।
क्यान्सरको सम्भावना बढ्न सक्छ
तेललाई पटक पटक प्रयोग गर्नाले त्यसमा क्यान्सरको तत्व उत्पन्न हुन्छ ।
यसको सबैभन्दा धेरै असर हाम्रो पेटमा हुन्छ ।
पित्तमा क्यान्सर हुने सम्भावना सबैभन्दा धेरै बढ्छ ।
शरीरका लागि खतरा
प्रयोग भइसकेको तेल पुनस् प्रयोग गर्नाले विभिन्न किसिमका हानिहरु हुन्छ ।
यसको प्रमुख कारण तेलमा भएको सम्पूर्ण आवश्यक तत्वहरु नष्ट हुनु नै हो ।
पटक पटक तेल तताइरहनाले त्यसमा विस्तारै फ्री रेडिकल्स बन्न थाल्छ ।
ती रेडिकल्स रिलीज हुनाले तेलमा एन्टी अक्सिडेन्ट नष्ट हुन्छ र बाँकी भएको तेल क्यान्सरको कराण बन्न पुग्छ ।
यसको साथै यस्तो तेलको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
