महिलामा डिम्वाशयको ट्युमर ? यस्ता लक्षणलाई नगर्नुहोस् वेवास्ता, नत्र जानसक्छ ज्यानै

काठमाडौँ । ओभरी सिस्ट अर्थात डिम्वाशयमा ट्युमरको समस्या विशेष रुपले प्रजनन् क्षमता भएका उमेरसमूहका महिलाहरुमा तिव्र रुपले बढ्दै गरेको पाइन्छ।

यस्ता ट्युमर मटरको दाना जत्रै सानो हुन सक्छ वा यो यति धेरै ठूलो सम्म हुन्छ कि यसकैको कारण महिलालाई गर्भवती जस्तो देखिन पछि सक्छ।

Advertisement

यस्ता ट्युमरको कारण महिलाहरुलाई अत्यधिक पेट दुख्ने र रक्तश्राव हुन्छ। यस्तो ट्युमर डिम्वाशयको क्यान्सरको प्रारम्भिक रुप पनि हुन सक्छ। यस्तो ट्युमरको अन्तिम र प्रभावकारी उपचार ल्याप्रोस्कोपिक लेजर प्रविधि हो।

डिम्वाशयमा उत्पन्न हुने यस्ता सिस्टको केही प्रमुख प्रकार र त्यसको उपचार विधि यसप्रकार छ:

एन्डोमिट्रियोटिक ट्युमर

यस खालको ट्युमरमा रगत भरिएको हुन्छ। यस समस्याबाट पिडित महिलाहरुलाई महिनावारीको समयमा धेरै दुखाई महसुस हुन्छ।

डिम्वाशयको यस्तो ट्युमरको कारण लामो समयसम्म पेट, कोख दुख्ने गर्छ। साथै यसको कारण महिलाहरुमा बाँझोपना र यौनसम्पर्कको समयमा दुखाईको समस्या उत्पन्न हुन सक्छ।

उपचारः एन्डोमिट्रियोटिक ट्युमरको उपचार समुचित रुपमा ल्याप्रोस्कोपिक विधिले गरिन्छ। ल्याप्रोस्कोपिक विधिले ट्युमरको वाललाई हटाइन्छ तर कैयौं पटक ट्युमर हटाउने क्रममा सर्जनको गल्तीको कारण धेरै मात्रामा सामान्य ओभरी टिस्यु पनि हटाइन सक्छ। यसैकारण डिम्वाशयको कार्यक्षमता र बच्चा जन्माउने क्षमता प्रभावित हुन्छ।

यति मात्रै होइन यो ट्युमरको कारण महिलाहरुमा बाँझोपनाको समस्या पनि उत्पन्न हुन सक्छ। यो समस्याको समाधानको लागि कार्बनडाइअक्साइड लेजर धेरै प्रभावकारी हुन्छ। यस लेजर विधिबाट ट्युमर निकालेपछि डिम्वाशयलाई कुनै नोक्सान हुँदैन।

पोलिसिस्टिक ओभेरियन डिजिज

यस्तो ट्युमरको समस्या धेरैजसो युवा अवस्थाका वा कम उमेरका महिलाहरुमा देखिन्छ। यो समस्याको कारण महिलाहरुलाई गर्भधारणमा कठिनाई हुन्छ।

यो समस्याबाट ग्रसित महिलाको अनुहार स्तन र पिठ्युमा पुरुषको जस्तै रौंहरु पलाउन सक्छ भने महिनावारी पनि अनियमित हुन्छ।

उपचारः यस्तो ट्युमरलाई सामान्यरुपमा खानपान, व्यायाम र आयुर्वेदिक औषधिहरुले उपचार गर्न सकिन्छ। तर कसैकसैलाई चिकित्साको यस्ता पारम्परिक विधिहरुबाट आराम नमिलेमा यसको उपचार ल्याप्रोस्कोपिक विधिबाटै गर्नुपर्ने हुन्छ।

डर्माइड ट्युमर

प्रजनन क्षमताको उमेरका महिलाहरुमा यसखालको समस्या धेरै देखिन्छ। यसको कारण महिलालाई चरम दुखाई हुन्छ।

यस खालको ट्युमर बढेर आफ्नो संरचनामा मोडिँदै जाक सक्छ जसले पाठेघरलाई समेत हानी पुर्याउँछ। यस्तो ट्युमरको उपचार लेप्रोस्कोपिक विधिले गर्न सकिन्छ।

जर्म सेल ट्युमर र अन्य क्यान्सर

युवतीहरुमा यो समस्या धेरै हुन्छ। यसले भविष्यामा बाँझोपनाको समस्या पैदा हुन सक्छ। यस्तो क्यान्सर हुन सक्ने ट्युमरलाई ल्याप्रोस्कोपिक ब्यागमा राखेर निकालिन्छ ताकी क्यान्सर दोस्रो भागमा फैलन नसकोस्।

पीडित महिलाहरुको पाठेघरलाई भविष्यमा प्रसवको लागि सुरक्षित राखिन्छ। यसपछि उनीहरुलाई रेडियोथेरापी दिइन्छ।

More News last news
Loading...