यी लक्षण देखिए बुझ्नुहोस् बिग्रिदैछ कलेजो, रहनुहोस् बेलैमा सावधान !

काठमाडौँ । कलेजो शरीरको छालाभन्दा दोस्रो ठूलो अंग हो। अन्य अंगहरु जस्तै कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो। यसको सम्बन्ध पाचन प्रक्रियासँग हुन्छ। कलेजोले काम गर्न छोड्यो भने मानिसको मृत्यु हुन्छ।

स्वस्थ मानिसको कलेजोको तौल १.३ देखि १.६ किलोग्राम हुन्छ। रातो र खैरौ रङमा हुने मानव शरीरको यो अंगले शरीरमा भएको विष वा विभिन्न रसायनलाई फिल्टर गरी पित्त उत्पादन गर्छ र दिसा र पिसाबको रुपमा बाहिर फाल्छ।

Advertisement

यसैगरी कलेजोले ३०० वटा भन्दा बढी काम गर्छ। यसले रगतमा चिनीको मात्रा पनि सन्तुलनमा राख्छ। यसको अर्को महत्त्वपूर्ण कार्य रगत निर्माण गर्नु पनि हो।

शरीरमा यति धेरै महत्त्वपूर्ण काम गर्ने कलेजोमा समस्या आयो भने शरीरमा यस्ता ५ संकेत देखा पर्छ। सयममै त्यस्ता संकेतको आधारमा उपचार गराइहाल्नुपर्छ।

छाला पहेँलो हुँदै जानु
कलेजोमा समस्या आयो भने शरीरका छालाहरु पहेँलो हुँदै जान्छन्। त्यसैगरी, आँखामा पनि पहेँलोपन बढ्दै जान्छ। पिसाबमा पनि पहेँलोपना बढ्दै गयो भने कलेजोको समस्या हुनसक्छ समयमै उपचार गराउनु बुद्धिमानी हुन्छ।

रगत बान्ता हुनु
कलेजोको समस्या बढ्दै गयो भने रगत बान्ता हुन थाल्छ। बान्तामा रगतको छिर्का देखियो भने कलेजोको समस्या हुनसक्छ।

हातखुट्टा सुन्निनु
कलेजो अस्वस्थ भयो भने हातगोडा सुन्निन थाल्छ। पेटभन्दा तल पनि सुन्निएको महसुस हुन्छ। यदि हातगोडा धेरै नै सुन्निन थाल्यो भने कलेजोको अवस्था खतरनाक स्थितीमा पुगेको भन्ने बुझ्नुपर्छ।

कमजोरी
परिश्रम गर्नुपर्ने काम नै नगरी बारम्बार थकान र कमजोरी महसुस हुन्छ। त्यस्तै निन्द्रा पनि कम लाग्न थाल्छ भने कलेजोको समस्या हुनसक्छ। त्यसैले यस्ता लक्षणहरु देखिए भने तुरुन्त डाक्टरको सल्लाह लिनुपर्छ।

खाना मिठो नलाग्नु
खान मन लाग्दा लाग्दै पनि कुनै पनि खानाको स्वाद थाहा हुँदैन। त्यसैगरी बारम्बार स्वाद फरक लाग्ने र मुखबाट अर्कै गन्ध आउन थाल्यो भने कलेजोको समस्या हुनसक्छ त्यसैले समयमै उपचार गराउनुपर्छ।

More News last news
Loading...