काठमाडौँ । कपालमा चाँया पर्ने समस्याबाट धेरैजना पीडित हुने गर्छन्। अझ जाडो मौसममा चाँया पर्नु त सामान्य नै हुन्छ।
टाउकोमा चाँया परेपछि अनुहार, घाँटी र कपडामा समेत देखिन थाल्छ। जसले गर्दा मानिसहरु निकै समस्यामा पर्ने गर्छन्।
त्यसैले, चाँयाबाट छुटकारा पाउनको लागि मानिसहरु विभिन्न उपायहरु अपनाउने गर्छन् । तर उपचार गरेको केही दिनमा नै फेरि चाँया देखिने गर्छ।
बजारमा पाइने थुप्रै औषधिहरुले चाँया हटाउने ग्यारेन्टी लिए पनि पटक पटक यो समस्या दोहोरिरहने भएकाले यसको समाधानको लागि के गर्ने छ भन्ने चिन्तामा केही घरेलु उपायहरु अपनाउन सकिन्छ।
चाँयाबाट छुटकारा दिलाउने घरेलु उपायः
जुन स्याम्पुको नियमित प्रयोग गरिन्छ त्योसँगै अलिकति नुन मिसाएर टाउकोमा लगाउँनुपर्छ। नुन र स्याम्पुको प्रयोग गर्नुभन्दा अगाडि कपाल राम्रोसँग भिजाउँनुपर्छ।
नुन र स्याम्पु लगाएको ५ देखि १० मिनेटसम्म राम्रासँग मसाज गरेर पखाल्नुपर्छ । यसले विस्तारै चाँया कम गर्दै लैजान्छ।
बिरे नुन (कालो नुन) को प्रयोग गर्दा चाँया कम हुन्छ। जाडो र गर्मी दुवै मौसममा चाँयाको समस्या आउँछ भने कालो नुनको प्रयोग फाइदाजनक हुन्छ।
कपाललाई हल्का मनतातो पानीमा पखाल्ने र कालो नुन हातमा लिएर कपालमा मसाज गर्ने त्यसपछि तौलियाले बेरेर पाँच मिनेट राखेपछि स्याम्पुले धुने । यो प्रक्रिया केही हप्तासम्म दोहोर्याएमा चाँया हराउँदै जान्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
