पेटमा ग्यास, भारीपनको महशुस हुने समस्या छ ? छुटकारा पाउन अपनाउनुहोस् यी उपाय

काठमाडौँ । धेरैजसो मानिसहरु पेटमा हुने ग्यास र भारीपनको समस्याबाट गुज्रिरहेका हुन्छन्। पेटमा ग्यास भरिएपछि भारीपन हुने समस्या हुन्छ।

जसको कारण दैनिक जीवनयापनमा निकै कठिनाई हुन्छ। त्यसैले कहिले काँही जीवनशैलीमा परिवर्तन गर्दा ग्यासको समस्या कम हुन्छ।

Advertisement

खानामा नियन्त्रण
सामान्यताः हामी जुन कुनै खाना पनि जुनकुनै समयमा खानको लागि तयार हुन्छौँ। जसले निकट भविष्यमा नै निकै नकारात्मक परिणाम दिन्छ।

त्यति मात्र होइन कहिलेकाँही फरक–फरक खानेकुरा खाँदा पनि पेटमा ग्यास भरिने समस्या हुन्छ। यसबाट छुटकारा पाउनका लागि खाने पिउने समयमा पनि ध्यान दिनु आवश्यक हुन्छ।

प्रायः मानिसहरु घरबाहिर हुँदा फास्ट–फुड खाने गर्छन् । जसको कारण तेलमा पाकेको खानेकुराको प्रयोग धेरै गरिन्छ।

जसको कारण पेटमा ग्यास बढ्नु स्वाभाविक हुन्छ । त्यसैले हामीले खाना खाने समयमा पनि काबु गर्नुपर्ने हुन्छ।

चपाएर खाना खाने
धेरै जसो व्यक्तिहरु छिट्टो छिट्टो खाना खाने र नचपाइ निल्ने गर्छन् । जसको कारण खाएको खाना पेटमा पच्न निकै लामो समय लाग्छ। र ग्यास बढ्छ। त्यसैले खाना खाँदा चपाई चपाई खाने गर्नुपर्छ जसले रसायनसँग घोलिएर खाना सजिल्यै पच्छ।

धुम्रपान
धेरै मान्छेलाई धुम्रपानका कारण पेटमा ग्यास भरिने समस्या पैदा हुन्छ। धुम्रपान गर्ने समयमा एक्सेस एयर पेटमा लिन्छन्। जसको कारण पेटमा खाना पच्न निकै लामो समय लाग्छ। त्यसैले ग्यासको समस्या कम गर्नका लागि धुम्रपान गर्ने बानी छोड्नुपर्छ।

More News last news
Loading...