काठमाडौँ । सामान्यतयाः जाडोको मौसम सुरु भएसँगै ओठ फुट्ने समस्या पनि शुरु हुन्छ ।
जाडोको समयमा हावा सुख्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुख्खा हुने गर्छ ।
जाडोको समयमा सुख्खा हावा बाहेक अन्य कारण पनि ओठ फुट्ने समस्या आउँछ ।
अन्य के कारणले ओठ फुट्छ भनेर सामान्यतयाः कम मात्र मानिसहरुलाई थाहा हुने गर्छ ।
१.ओठमा बारम्बार जिब्रो लगाउँदा
केही मानिसहरुको बारम्बार जिब्रो ओठमा दल्ने बानी हुन्छ । जिब्रोमा भएको र्याल बारम्बार ओठमा दल्दा ओठ झन् सुख्खा हुन्छ । थुकमा केही यस्ता एन्जाइम्स हुन्छन् जसले भोजन पचाउने काम गर्छ । त्यस्तो थुक ओठमा लगाउँदा ओठमाथिको पर्त एन्जाइम्सका कारण सुक्न थाल्छ र ओठ झन् धेरै फुट्छ ।
२. डिहाइड्रेशन
ओठ फुट्ने अर्को ठूलो कारण भने डिहाइड्रेसन हो । डिहाइड्रेसन अर्थात शरीरमा पानीको मात्रा कम हुनु । पानी हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो । प्यास नलागेसम्म पानी नपिउँदा यस्तो समस्या देखापर्छ । मानव शरीरलाई दैनिक २ देखि ३ लिटर पानीको आवश्यकता पर्छ । त्यसैले थोरै समयको अन्तरालमा पानी पिइरहनुपर्छ । डिहाइड्रेशनको समस्यामा ओठ धेरै फुट्ने गर्छ । साथै, अन्य स्वास्थ्य समस्यामा समेत अोठ फुट्न सक्छ ।
३.अमिलो खानेकुरा
अत्यधिक अमिलो खानेकुरा खाँदा पनि ओठ फुट्ने समस्या आउँछ । यसको धेरै सेवनले माउथ ड्राइनेस र ओठ फुट्ने समस्या हुनसक्छ । भिटामिन सीले छालामा चमक ल्याउने र उमेरभन्दा कम बुढो देखाउन मद्दत गरेता पनि यस्ता खानेकुरामा हुने एसिडिक नेचरका कारण छालालाई धेरै सुख्खा बनाउने हँुदा ओठ फुट्न सक्छ । त्यसैले अमिलो खाँदा पानी ज्यादा पिउने गर्नुपर्छ ।
४.धेरै मद्यपान
कहिले काँही मदिराको धेरै सेवन गर्दा पनि ओठ फुट्ने समस्या आउँछ । अल्कोहलले डिहाइड्रेसन गराउने हुँदा ओठ फुट्न सक्छ । ओठ धेरै नै कोमल हुन्छ । त्यसैले बोल्दा, बातचित गर्दा शरीर भित्रको हावाको सम्पर्कमा लगातार आउँछ र ओठमो नरमपनामा कमी आउँछ । यस्तो यदि तपार्ईं मद्यपान धेरै पिउने गर्नुहुन्छ भने तपाईंको ओठ फुट्ने समस्या आउँछ ।
५.चेलाइटिस
ओठ फुट्ने समस्या छालाका लागि एक विशेष समस्याको रुपमा लिइन्छ । जसलाई चेलाइटिस भनिन्छ । चेलाइटिसको समस्यामा मुख, कानहरु र ओठ फुट्ने गर्छ । र यस्ता अंगबाट रगत समेत आउँछ । यस्ता समस्यालाई बेवास्ता गर्दा इन्फेक्शन समेत हुने गर्छ ।
ओठ फुट्न नदिन अपनाउनुहोस् यी उपाय
एक चम्चा गुलाबजलमा तीन–चार थोपा ग्लिसिरिन मिलाएर ओठमा दल्दा ओठको समस्या समाधान हुन्छ । ओठ फुटेमा थोरै घिउ वा नरिवलको तेल लिएर लगाएमा पनि ठिक हुन्छ । ओठमा घिउ वा नरिवलको तेल भने नियमित लगाउनुपर्दछ । त्यस्तै ओठ फुटेमा ओठमा मह लगाएमा पनि ठिक हुन्छ ।
ओठमा लिप गार्ड र लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्या हट्छ । त्यस्तै सस्र्युंको तेल लगाएमा पनि ओठ फुट्ने समस्या हुदैन । बिहान बिहान सस्र्युंको तीन–चार थोपा तेलले नाडी मालिस गरेमा ओठको समस्या समाधान हुनछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
