ढाँडको बाथले सताएर हैरान हुनुहुन्छ ? उसोभए महिलाले बढि ध्यान दिनुपर्ने यस्ता छन् कुराहरु

काठमाडौँ । बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्। तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो।

ढाडको बाथ ढाडमा सुजन भएर हुने एक दीर्घ रोग हो । यसले फिला भित्रको जोर्नी, तल्लो ढाड, गर्दन तथा कहिले काँही गर्दन नितम्ब, कुम र हातगोडाका ठुला जोर्नीहरुमा असर गर्दछ। अन्य खालका ढाड दुखाइ भन्दा यसको फरक खालको विशेषता हुन्छ । ४० बर्ष अगावै सुरु हुन्छ र यो पुरुषहरुमा भन्दा महिलामा बढी देखिन्छ । धुमपान गर्ने व्यक्तिमा यसले कडा रुपमा संक्रमण गर्ने गर्दछ । बाथ रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, रगत कम हुने, हातगोडामा गिर्खा देखिने, आँखा रातो हुने तथा दुख्ने र मुटु फोक्सो लगायत शरिरका अन्य अंगहरुमा सुजन हुने हुन्छ ।

Advertisement

लक्षणहरु

बिहानी पख ढाड दुख्ने
अरठ्ठ हुने
आँखामा समस्या हुने
पेटमा समस्या हुने
जोर्नीहरु सुनिने
जोर्नीहरु दुख्ने
हिप दुख्ने
विस्तारै मेरुदण्ड बाङ्गिदै जाने
हात तथा खुट्टाका जोर्नीहरु दुख्ने वा सुन्निने
कुर्कुच्चाको मुनि वा पछाडि दुख्ने

डाढको बाथ हुने कारणहरु

(HLA B27 ) भन्ने वंशाणुगत गुण भएका मानिसहरूमा यो रोग देखिने संभावना बढी भएपनि शरीरमा यो वंशाणु हुदैमा हुने र नहुदैमा नहुने भने हुदैन
बिभिन्न संक्रमणहरू जस्तै पेट तथा पिसाबको संक्रमण
आन्द्राको सुजन हुने रोग ( Inflamatory Bowel Disease )
वातावरणीय तत्व, शरीरको प्रतिरक्षा प्रणाली आदि ।
बिरामीले ध्यान दिनुपर्ने कुराहरू

नियमित व्यायाम तथा योग गर्ने ( व्यायाम दक्ष फिजियोथेरापिस्ट र योग अनुभवी योग प्रशिक्षकले भनेबमोजिम गर्नुपर्छ तर कडा खालका शारिरीक खेलकुद तथा व्यायाम गर्नु हुदैन )

ढाडको बाथका बिरामीले कम्मर, ढाड, नितम्ब, कुम, गर्दनका जोर्नीहरू लचकदार बनाउने, लामो श्वास तान्ने, छाती फुलाउनेजस्ता कसरतहरू, कपालभाती, अनुलोम बिलोम गर्नु उपयुक्त मानिन्छ ।

ढाडको बाथ भएका बिरामीले न्यानो पानीमा पौडी खेल्नुपनि उपयुक्त मानिन्छ ।

सक्रिय जीवनयापन गर्ने (तर सधैं सुतिरहने र आराममात्रै गर्नु हुदैंन ।)

चिसोबाट बच्ने र न्यानो लुगा लगाउने क्ष् सकेसम्म न्यानो, घाम आउने कोठामा बस्नुपर्छ ।

धुम्रपान तथा मद्यपान सेवन गर्दै नगर्ने।

चोटपटक लाग्ने, गह्रो बस्तु उठाउने जस्ता काम तथा खेलकुद खेल्नु हुदैंन ।

अफिसियल तथा कम परिश्रम गर्नुपर्ने पेशा अपनाउनु उपयुक्त हुन्छ ।

समयसमयमा चिकित्सकको सल्लाहबमोजिम आँखा, मुटु तथा कलोजोको जाँच गर्नुपर्छ ।

पानी प्रशस्त मात्रामा पिउनुपर्छ । सकेसम्म मनतातो पानी पिउनुपर्छ ।

चिसो मौसममा घाम ताप्ने, तातो झोल पदार्थ प्रशस्त मात्रामा खानुपर्छ ।

प्रशस्त मात्रामा क्याल्सियम, भिटामिन तथा प्रोटिन भएको खानेकुरा खानुपर्छ ।

बाक्लो सोल भएको जुत्ता, हिल प्याड र घुँडामा लगाउने प्लभभ अबउ प्रयोग गर्नु उपयुक्त हुन्छ ।

धेरै चिन्ता लिने, हतोत्साहित हुनु हुदैन । अरूसँग सल्लाहसुझाव लिनुपर्छ ।

More News last news
Loading...