गहना लगाउँदा हुन्छ यस्तो फाइदा, बिछिया यी समस्याका लागि ‘रामवाण’

काठमाडौँ । शृंगारमा हामी आभूषण प्रयोग गर्छौं । चुरा, पोतेसँगै विभिन्न किसिममा मूल्यावन् धातुबाट निर्मित गर-गहना लगाउँछौं । आखिर किन यसको प्रयोग गरिन्छ ? आकर्षक देखिनका लागि मात्र हो कि अरुपनि कारण छन् ?

सबैले देख्ने गहना पो गहना

Advertisement

भन्नलाई त भनिन्छ, विद्या समं नास्ति शरीर भूषणम् । मानिसका लागि विद्या नै सबैभन्दा ठूलो गहना हो तर यो गहना सितिमिति देखिंदैन । सबैले देख्ने गहना पो गहना !

गहनाको प्रचलन प्राचीन समयदेखि नै रहेको पाइन्छ । जब मानिसमा चेतनाको विकास भयो, तबदेखि नै मानिसले गहनाको प्रयोग गर्न थालेको पाइन्छ।

पहिले महिला तथा पुरुष दुवैले गहनाको प्रयोग समान तवरले गर्ने गरिए पनि समय क्रमसँगै गहना महिलाको पर्याय बनेको देखिन्छ।

महिला र पुरुष एक अर्काको पूरक हुन् तर प्रकृतिले दुवैको स्वरूप फरक फरक बनाएको छ । मन तथा तन दुवै दृष्टिले महिला पुरुषभन्दा भिन्न हुन्छन्।

महिलाहरू बढी संवेदनशील हुन्छन् । तुलनात्मक रूपले पुरुष कठोर। बाहृय स्वरूपका हिसाबले पनि उनीहरूको प्रकृति भिन्न हुन्छ । महिलामा हारमोन्स उतार-चढावको प्रभाव बढी हुन्छ।

यसै कुरालाई मध्यनजर गरी प्राचीन समयका ऋषिमुनिहरूले केही त्यस्ता साधन निर्माण गरे जसबाट महिलाको शारीरिक एवं मानिसिक स्वास्थ्यको रक्षा हुन सकोस् । प्रचलन बढ्दै जाँदा यस्ता साधनलाई समेत सुन्दर गहनाका रूपमा अंगिकार गर्न थालियो र नियमपूर्वक पहिरन थालियो।

प्रकृतिको हिसाबले सुनका गहनाले गर्मी तथा चाँदीका गहनाले चिसो गर्छ । नियम बनाउँदा यिनै कुराको ख्याल गरी कम्मरभन्दा माथिको भागमा सुनको गहना तथा कम्मरभन्दा तल चाँदीको गहना लगाउने नियम बनाइयो । यो नियम पालन गर्दा शरीरमा तातो र चिसोको सन्तुलन रहन्छ । यहाँ केही त्यस्ता गहनाको जानकारी दिइएको छः

चुरा लगाउनुको फाइदा

चुरा लगाउँदा नाडीको छालामा घर्षण भएर हातको रक्त संचार बढ्छ। यो घर्षणबाट एक प्रकारको ऊर्जा पैदा गर्छ जसले थकान हटाउन सहयोग गर्छ ।

नाडीमा चुरा र बाला लगाउनाले श्वास तथा मुटु रोगको सम्भावना कम हुन्छ । चुराले मानसिक संतुलन कायम राख्न समेत सहयोग गर्छ ।

चुकेको वा चिरा परेको चुरा भने लगाउनु हुँदैन । यसबाट नकारात्मक ऊर्जा बढ्छ ।

रातो तथा हरियो रंगको चुरा सबैभन्दा असरकारक मानिन्छ ।

बिछिया लगाउनुको फाइदा

विवाहित महिलाहरूले गोडाको बीचका तीनवटा औँलामा बिछिया लगाउँछन् । यो गहना श्रृंगारको वस्तु मात्र होइन। दुवै गोडामा बिछिया लगाउँदा महिलाहरूको हार्मोनल सिस्टमले राम्रो काम गर्न थाल्छ। यसलाई लगाउनाले थाइराइडको संभावना कम हुन्छ ।

बिछियाले एक्यूप्रेशर उपचार पद्धतिका रूपमा कार्य गर्छ जसबाट शरीरको तल्ला अंगहरूको स्नायु तन्त्र एवं मांसपेशी सबल रहन्छ ।

बिछियाले एक खास नसामा प्रेशर बनाउँछ जसले गर्भाशयमा समुचित रक्तसंचार प्रवाहित गर्छ । यसले महिलाको गर्भधारण क्षमता स्वस्थ राख्छ ।

माछाजस्तो आकारको बिछिया सबभन्दा असरदार मानिन्छ ।

पाउजु लगाउनुको फाइदा

पाउजुले पैतालाबाट निस्कने शारीरिक विदयुत ऊर्जालाई बाहिर निस्कन नदिई शरीरमै संरक्षित गर्छ।

पाउजुले महिलाहरूको पेट तथा त्यसभन्दा तल्लो अंगमा बोसो जम्मा हुने गति रोक्छ।

वास्तुशास्त्रका अनुसार पाउजुको छनछनले नकारात्मक ऊर्जालाई टाढा भगाउँछ।

चाँदीको पाउजुले पैतालामा घर्षण गरी त्यहाँको हड्डी बलियो पार्छ।

पाउजु लगाउनाले महिलाहरूको इच्छा-शक्ति बलियो हुन्छ।

याद राख्नुपर्ने कुरा के छ भने पाउजु सदैव चाँदीकै लगाउनुपर्छ। सुनको पाउजु लगाइयो भने शारीरिक तापक्रमको सन्तुलन गडबड हुन्छ र अनेकथरि रोग उत्पन्न हुनसक्छ।

More News last news
Loading...