यस्ता लक्षणलाई नगर्नुहोस् वेवास्ता, हुनसक्छ थाइराइड, स्मरणशक्तिनै बन्छ कमजोर

काठमाडौँ । विश्वका आधाभन्दा बढी जनसंख्या थाइराइड रोगबाट ग्रसित छन्। यो रोग पुरुषको तुलनामा महिलामा धेरै देखिन्छ।

थाइराइड ग्रन्थि पुतली आकारमा सास नलीको माथिल्लो भाग तथा रुद्रघण्टीको दुवैतर्फ दुई भागमा हुन्छ। थाइराक्सिन नामक हर्मोनको उत्पादन गर्ने यस ग्रन्थिले मुटु, मस्तिष्क, मिर्गौला लगायतका शरीरका विभिन्न भागलाई नियन्त्रण गर्छ। जब शरीरमा थाइराइड हर्मोनको कमी हुन्छ, तब शरीरले खानालाई शक्तिमा परिणत गर्न सक्दैन।

Advertisement

यसबाट शरीरमा विभिन्न समस्या उत्पन्न हुने गर्छ । यो रोग मेटाबोलिज्मको कमीका कारण हुने भएकाले यसलाई अटो इम्युन डिजिज पनि भनिन्छ । जब शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको स्वस्थ कोष वा ग्रन्थिहरूलाई भत्काउन सुरु गर्छ, तब शरीरमा अटो इम्युन डिजिज हुने गर्छ ।

त्यसबाहेक शल्यक्रिया, विभिन्न औषधीहरूको सेवन तथा रेडियसन थेरापीका कारण हर्मोनको गडबडी भई यो रोग लाग्नसक्छ।

यो रोग आफैमा निको नहुने रोग हो । त्यसैले थाइराइडको समस्यालाई पूर्ण रूपले निको पार्न नसकिए पनि विभिन्न उपचार पद्धतिद्वारा यसलाई नियन्त्रण भने अवश्य गर्न सकिन्छ।

सामान्यतया थाइराइड रोग दुई किसिमको हुन्छ।

हाइपरथाइराइडिज्म र हाइपोथाइराइडिज्म

शरीरमा थाइराइड ग्रन्थिले आवश्यकताभन्दा बढी मात्रामा थाइराइड हर्मोनको उत्पादन गरेमा त्यसलाई चिकित्सकीय भाषामा हाइपरथाइराइडिज्म भनिन्छ ।

त्यस्तैगरी शरीरमा थाइराइड हर्मोनको कमी भएमा त्यसलाई हाइपोथाइराइडिज्म भनिन्छ।

हाइपोथाइराइडिज्म र हाइपर थाइराइडिज्मको समस्या व्यक्तिपिच्छे फरक हुन्छ । त्यसैले यसको लक्षण पनि विभिन्न किसिमको हुुन्छ ।

शरीरमा हाइपरथाइराइडिज्मको समस्या भएमा यस्ता लक्षण देखा पर्छन्ः

-शरीर कमजोर हुने तथा थाक्ने गल्ने, काम गर्न जाँगर नचल्ने

– छाला फुस्रो हुने

-जीउ सुन्निने

-तीव्र गतिमा तौल बढ्ने

-गर्मी तथा चिसो छिट्टै महसुस हुने

-कब्जियत हुने

– निद्रा नलाग्ने

शरीरमा हाइपोथाइराइडिज्मको समस्या भएमा निम्न लक्षण देखा पर्छन्ः

-शरीर दुब्लाउँदै जाने

-जीउ तातिने

-दिसा लागिरहने,

-धेरै पसिना बग्ने

यस्ता लक्षण व्यक्तिअनुसार फरक हुने भएकाले आफूलाई थाइराइड भएको शंंका लागेमा रगत जाँच गरेर यो रोग पत्ता लगाउन सकिन्छ । त्यसबाहेक, यस्ता लक्षण देखिएमा पनि थाइराइड रोग लागेको थाहा पाउन सकिन्छ ।

तीव्र गतिमा तौल बढ्नु

थाइराक्सिनले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने काम) लाई नियन्त्रण गर्ने हुँदा थाइराइडका कारण शरीरको मेटाबोलिज्म प्रभावित हुन्छ।

मेटाबोलिज्मको प्रभावकै कारण हामीले खाएको सम्पूर्ण खाना शक्तिमा बदलिँदैन र त्यो शरीरमा अतिरिक्त फ्याटको रूपमा जम्मा हुने गर्छ, जसका कारण शरीरको तौल अचानक तथा तीव्र गतिमा बढ्छ।

थकान महसुस हुनु

शरीर कमजोर हुनु तथा शरीरमा थकान महसुस हुनु थाइराइडको प्रमुख लक्षण हो । मेटाबोलिज्मको कारण जब शरीरले खानालाई शक्तिमा परिणत गर्न सक्दैन, तब शरीरमा ऊर्जाको कमी हुन थाल्छ ।

जसका कारण शरीरमा कमजोरी महसुस हुने तथा शरीर थाक्ने गर्छ । शरीरमा रगतको कमी भएमा वा एनिमिया भएमा पनि महिलाहरूलाई थकान महसुस हुन्छ । त्यसैले यस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकसित सम्पर्क गर्नुपर्छ ।

अनियमित महिनावारी

थाइराइडको समस्या भएमा महिलाहरूमा महिनावारी अनियमित हुने गर्छ । अनियमित महिनावारीका कारण महिनावारी हुने समय लम्बिन्छ ।

डिप्रेसन

थाइराइडको समस्याकै कारण कतिपय महिलाहरूलाई डिप्रेसनसमेत हुने गर्छ । विशेषगरी थाइराइड ग्रन्थिले कम मात्रामा थाइराक्सिन उत्पादन गरेमा डिप्रेसनको हर्मोन सक्रिय हुन्छ जसका कारण थाइराइडका बिरामीलाई सुत्न समेत समस्या हुनसक्छ ।

स्मरणशक्ति कमजोर हुने

थाइराइड रोग लागेमा स्मरणशक्ति प्रभावित हुन्छ । सोच्ने तथा सम्झने क्षमतामा असर पर्छ । स्मरणशक्ति कमजोर हुनुका साथै व्यक्ति चिड्चिडे स्वभावको हुनसक्छ ।

जाडो वा गर्मी सहन नसक्ने

थाइराइडको समस्या भएमा त्यसले शरीरलाई समेत प्रभावित पार्दछ । विशेषगरी, थाइराईड हर्मोन बढी भएमा व्यक्तिलाई धेरै पसिना आउने तथा गर्मी लाग्ने गर्दछ । जब कि हाईपोथाइराइडिज्म भएमा शरीर चिसो हुने तथा शरीरले अलिकति पनि चिसो सहन नसक्ने हुन्छ ।

पेट सम्बन्धी समस्या

थाइराइड रोग लागेमा व्यक्तिलाई पेटसम्बन्धी समस्या धेरै हुने गर्छ । शरीरमा हाइपोथाइराइडिज्म वा हर्मोनको कमी भएमा कब्जियतको समस्या हुन्छ भने हाइपरथाइराइडिज्मको समस्या भएमा दिसा लाग्ने गर्दछ । थाइराइडको समस्याका कारण खाना पचाउन समस्या हुने तथा खाना सजिलैसित नपच्ने समस्या समेत देखा पर्छ ।

मुटु सम्बन्धी समस्या

मुटुको चाल सामान्यभन्दा धेरै छ भने यो पनि थाइराइड रोगको लक्षण हुनसक्छ । थाइराइड ग्रन्थिले धेरै हर्मोनको उत्पादन गरेमा मुटुको चाल धेरै हुन्छ जसका कारण मुटुमा विभिन्न समस्या उत्पन्न हुने तथा छाती दुख्ने गर्छ ।

निःसन्तानपन

थाइराइड हर्मोनको गडबडी भएमा महिलाहरूमा निःसन्तानपनको समस्या हुनुका साथै गर्भ तुहिने समस्या बारम्बार हुने गर्दछ । थाइराइड ग्रन्थिले उत्पादन गर्ने टीएचएस हर्मोनको गडबडीका कारण यस्तो हुन्छ।

More News last news
Loading...