काठमाडौँ । सुत्ने तरिका स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । सुत्ने अवस्थाले प्रत्यक्ष रुपमा हाम्रो पिठ्यु र गर्दनलाई असर गर्छ । राम्रोसँग नसुत्दा पेट दुख्नेदेखि उमेर नपुगी अनुहारमा चाउरी पर्ने जस्ता समस्या आउँछन्।
उत्तानो सुत्नेः
यो सुताईलाई तटस्थ पोजिसन पनि भनिन्छ । उत्तानो सुत्दा पछाडिको भाग, गर्धन र स्पाइनलाई भार पर्छ । अर्कोतर्फ हाम्रो शिर पेटमाथि सिधा ठाडो हुँदा एसिडको मात्रा घटाउँछ।
यसले चाउरीपनलाई न्यून गर्छ । बेस्स्री घुर्नु यो सुताईको नकारात्मक पक्ष हो । तसर्थ घुराईलाई कम गर्न उचित सिरानीको प्रयोग गर्नुपर्छ ।
दायाँतिर फर्केर सुत्नुः
यो पोजिसन पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस पोजिसनले अनुहार र स्तनमा नकरात्मक असर गर्छ। महिलाको स्तन समेत लत्रन्छ । अनुहारको छाला रगडिन्छ । तसर्थ यस पोजिसनमा सुत्दा शिरानीको उचित तालमेल गर्नुपर्छ ।
भ्रुण जस्तै अवस्थाः
गर्भवती महिलाको गर्भको बच्चा जस्तो पोजिसनमा सुत्ने अवस्थालाई भ्रुण जस्तो सुताई भनिन्छ। ढाडलाई धेरै बंगाएर सुतिने यो पोजिसन स्वास्थ्यका लागि खराब मानिन्छ।
यो पोजिसनले जोर्नीसम्बन्धी समस्या ल्याउँछ किनकी रातभर हाम्रो घुँडा प्राकृतिक पोजिसनमा हुँदैन। यो सुताईले घाँटी र स्पाइनमा असर गर्छ । यो पोजिसनले पनि अनुहारमा च्याउरी पार्छ । गर्भवती अवस्थामा मात्र यो उपयोगी हुन्छ।
घोप्टो परेर नसुत्नुहोस्ः
यो सुताइले स्पाइननलाई प्रत्यक्ष असर गर्छ । यो पोजिसनले जोर्नी र मांशपेशीमा अशर गर्छ जसले नशामा समस्या आउने, शरिरमा पीडा हुने, आलस्य बढ्ने आदि हुन्छ । पेटलाई थिचेर सुत्दा टाउको समेत दुख्छ।
देब्रो ढल्केर सुत्नेः
यो पोजिसनले शिरलाई प्राकृतिक अवस्थामा राख्छ । घुर्नेका लागि पनि यो पोजिसनले खासै असर गर्दैन । यो पोजिसनमा सुत्दा शरिरमा एसिडको प्रवाह न्यून हुन्छ। गर्भवती हुँदा यो पोजिसनमा सुत्दा धेरै फाइदा हुन्छ । एकातर्फ कोल्टे परेर सुत्ने
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
