काठमाडौँ । बलिउडमा सुपरस्टारका रुपमा स्थापित अभिनेता सलमान खानको नाम अहिलेसम्म थुप्रै युवतीहरुसँग जोडिइसकेको छ।
उनी अभिनेत्री ऐश्वर्या रायदेखि लिएर कैटरीना कैफसँग पनि प्रेमसम्बन्धमा थिए। उनको पछिल्लो समय कैटरीनासँग सम्बन्ध टुटेको थियो।
सलमान र कैटरीनाले एकसाथ पार्टनर, युवराज र एक था टाइगरमा काम गरेका थिए । यी दुईको जोडीलाई पनि निकै राम्रो प्रतिक्रिया प्राप्त भएको थियो । फिल्ममा काम गर्ने क्रममा नै उनीहरु एक अर्कासँग नजिकिएका थिए।
तर उनीहरुको केही समयमा ब्रेकअप भयो। मिडिया रिपोर्टका अनुसार सलमानको रिसका कारण उनीहरुको ब्रेकअप भएको थियो । ब्रेकअपपछि पनि सलमान र कैटरीना एक अर्काको असल साथी हुन्।
यसैबीच, सलमान खानले द कपिल शर्मा शोमा अझै पनि कैटरीनाको फोटोहरु जुम गर्दै हेर्ने गरेको खुलाएका छन्। उनी कैटरीनालाई फलो गरिरहने र उनका फोटोहरु हेर्ने गरेको बताउँछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
