नयाँ वर्षको पहिलो दिन जन्मिए तीन लाख ७१ हजार शिशु

काठमाडौँ । नयाँ वर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ मा संसारभरी तीन लाख ७१ हजार ५०४ जना शिशु जन्मिएको युनिसेफले जनाएको छ ।

‘हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,’ कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भने।

Advertisement

गत बर्ष सन् २०२० सवैका लागि चुनौतीपूर्ण वर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो, ‘ उनले जारी गरेको वक्तव्यमा लेखिएको छ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कोम्बोडियामा यस बर्षको पहिलो दिन ९७१ जना जन्मिएका हुन्।

अरु देशको तुलनामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने पनि उनले आशा व्यक्त गरे।

कम्बोडियामा जन्मिएका बालबालिकाको भविश्य सुनौलो बनाउनका लागि युनिसेफले पनि सक्दो सहयोग गर्ने उनले आश्वासन दिए।

More News last news
Loading...