गर्भवती हुन सक्नुभएन ? जान्नुहोस्, यस्तो छ सन्तान नहुनुको कारण

काठमाडौँ । कुनै कुनै स्त्रीहरुले सन्तान जन्माउन सक्दैनन् । त्यस्तो अवस्थालाई बाँझोपन भनिन्छ । यस्ता दम्पती मध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्दछन् ।

समाजमा सन्तान नहुनेलाई अपुतो भनी हेला गर्ने चलन छ । यस्ता मान्छेहरुको सन्तान नहुनुका कारणहरु पत्ता लगाउन सकेमा बाँझोपनको उपचार गर्न सकिन्छ ।

Advertisement

वीज ग्रन्थीको खराबीले गर्दा स्त्रीबीज(अण्ड)ननिस्कनु ।

वीजवाहिनी नलीहरुमा केही अवरोध हुनु । यस्तो भएमा अपरेशनबाट ठीक हुनसक्छ ।

गर्भाशयको मुख ज्यादै सानो हुनु ।

गर्भाशय ज्यादै सानो हुनु अथवा दुई कोठामा बाँडिनु ।

योनिश्राव धेरै निस्कनु जसको अमिलोपनामा हटाएर शुक्रकीट मर्नु । यसको उपचार हुनसक्छ ।

ज्यादै नै कुपोषण हुनु । धेरै दिनसम्म पौटिक खाना खाएमा गर्भधारण गर्ने शक्ति बढ्छ । कुपोषित आमाको बारम्बार गर्धपतन भइरहन्छ ।

रगतको ज्यादै नै कमी भएर पनि गर्भ रहन नसक्ने हुन्छ । यस्ता महिलाले आइरन चक्की धेरै समयसम्म खाइरहनु पर्छ ।

आयोडिनको कमी हुनु । यस्तो अवस्थामा आयोडिन भएको नुन धेरै समयसम्म खाइरहनु पर्छ । जुन माटोमा आयोडिन हुँदैन त्यहाँ उब्जेको, फलेको खानेकुरामा आयोडिनको कमी हुन्छ । त्यस्तो खाना खानेहरुले थप आयोडिन खानु पर्छ ।

गोनोरिया लागेपछि राम्रो उपचार नहुनु । रोग लाग्ने बित्तिकै राम्रो उपचार गर्ने अङ्गहरुमा टी।बी। जस्ता सङ्क्रामक रोग लाग्नु । यस्ता रोग लाग्ने बित्तिकै उपचार गराउनु पर्छ ।

स्त्री रागरसको कमी हुनु । कृत्रिम रागरस दिई यसको उपचार गर्न सकिन्छ ।

More News last news
Loading...