आँखाको अल्छिपना तथा जलन हुने समस्या छ ? यी उपाय अपनाउनुहोस्

काठमाडौँ । आँखा हाम्रो अनुहारको सबैभन्दा महत्वपूर्ण अंग हो। आजभोलि धेरै जसो मानिसहरु कम्युटर वा मोबाइल चलाउने गर्दछन्।

जसका कारण समय अगावै आँखा कमजोर हुने गर्दछन्। यस बाहेक अधिक मात्रामा यी चीजको प्रयोग गर्दा पनि आँखामा जलन हुने वा थकान हुने समस्या आउने गर्दछ।

Advertisement

आज हामी केही यस्ता घरेलु उपायका बारेमा जानकारी दिदैछौँ, जसको प्रयोगले तपाईको आँखा सधै स्वस्थ रहने गर्दछ।

१) यदी तपाईको आँखा सुनियो वा थकान तथा तनाव महशुस भयो भने बर्फको १ टुक्रा कपडामा बेरेर आफ्नो आँखा सेकाउनुहोस्। यो उपाय ५ मिनेटसम्म गर्दा आँखा सुनिने समस्या ठिक हुने गर्दछ।

२) गुलाव जल आँखाका लागि निकै फाइदाजनक हुने गर्दछ। यसको प्रयोगबाट आँखाको थकान वा तनाव हटने गर्दछ। हरेक दिन आँखामा गुलाव जल राख्दा आँखामा नमी बनिरहन्छ र ड्राइ हुने समस्या पनि हटेर जान्छ।

३) तपाई आफ्नो आँखाको थकान हटाउनका लागि काक्राको दुई वटा टुक्रा आफ्नो आँखामा राख्नुहोस्। यसो गर्दा पनि आँखाको थकान हट्ने गर्दछ।

More News last news
Loading...