महिनावारीका बेला अत्याधिक पेट दुख्ने, धेरै रगत बग्ने समस्या छ ? यी उपाय अपनाउनुहोस्

काठमाडौँ। महिनावारीको विषयमा कोहि पनि खुलेर कुरा गर्न चाहँदैनन्। तर हरेक महिलाहरु महिनावारी हुनै पर्ने हुनाले यस सम्बन्धी राम्रो ज्ञान हुन जरुरी छ।

सबै कुरा ठिक चलिरहेको भन्ने लागिरहँदा पनि कहिले काहिँ कमजोरी अनुभव हुने तथा अनेक समस्या देखा पर्ने गर्दछ महिलाहरुमा।

Advertisement

तपाईलाई थाहा छ यस्तो किन हुन्छ ? बास्तवमा यस्तो हाम्रो शरिरमा हर्मोनको सन्तुलन विग्रीनुको कारण देखापर्छ।

र महिनावारीको समयमा यदि तपाईलाई अत्याधिक रगत बग्ने गर्दछ भने तपाईको शरिरमा हर्मोनको असन्तुलको कारण हुन सक्छ। तर डराउनुपर्ने कुनै कुरा छैन।

केहि हेल्दी डाइट गरेर यो समस्याबाट मुक्त हुन सक्नुहुन्छ भने शरिरमा हर्मोनको असन्तुलन हुनबाट पनि जोगिन सक्नुहुन्छ।

मेवा
यसमा पपाइन एन्जाइम्स हुन्छ जसले रगत बग्ने समस्या कम गर्छ । आयुर्वेदमा पनि यसको प्रयोग भएको पाइन्छ।

उखूको जूस
हप्तामा एकपटक उखूको जूस पिउने गर्नाले हरेक महिना महिनावारी हुँदा रगत बग्ने समस्या कम हुँदै जान्छ।

सुप
एक गिलास पानीमा एक चम्चा सुप उमाल्ने साथै सुप छानेर पानी तातो तातो नै पिउने गर्नाले रगत बग्न कम हुँदै जान्छ।

सुन्तलाको जूस
एक गिलास सुन्तलाको जूसमा दुई चम्चा कागतीको रस मिलाएर दिनमा तीन चार पटक पिउनाले धेरै रगत बग्ने समस्याको समाधान हुन्छ।

फर्सी
फर्सीलाई काटेर घाममा सुकाउने र त्यसमा दुध, दहि र चिनी हालेर पिस्ने। यसरी बनाएको जुस पिउनाले रगत बग्न कम गर्छ। र महिनावारीको समयमा दुखाई कम हुन्छ।

धनियाँ
एक गिलास पानीमा दुई चम्चा धनियाँ पाउडर मिलाएर उमाल्ने। उक्त पानीलाई फ्रिजमा राख्ने । त्यसपछि चिसो पानी पिउने।

अमलाको जूस
अमला आयुर्वेदिक औषधि हो । अमलाको रस र पुदिनाको रसलाई दहिमा मिसाएर पिउनाले रगत बग्ने समस्या कम हुन्छ।

मेथीदाना
मेथीदानालाई पिसेर पाउडर बनाउने र पाउडरलाई दिनमा दुईपटक दुधमा घोलेर पिउँदा महिनावारी गढबडी हुने समस्या हराउँदै जान्छ।

दालचिनी
एक कप पानीमा दालचिनीको एक डन्डी हालेर उमाल्ने र यसलाई छानेर तातो वा चिसो गरेर पिउन सक्नुहुन्छ। यसले रगत बग्ने समस्या कम गर्छ।

तरबुजा
यसमा मेग्नेशियम हुन्छ । यसको कारण शरिरमा प्रोजस्टोन एस्टोजेन हर्मोनको लेभल व्यालेन्स गर्न मद्दत गर्दछ। र महिनावारीको समयमा धेरै रगत बग्न दिदैँन।

More News last news
Loading...