काठमाडौँ । अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरू भएको छ । नेपाली समयअनुसार बिहीबार मध्यराति नयाँ वर्ष २०२१ लाई स्वागत गरिएको छ ।
अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, मलेसिया, सिंगापुर, क्यानडा, भारत लगायतका मुलुकमा आतिसवाजीसहित नयाँ वर्ष २०२१ लाई स्वागत गरिएको छ।

नयाँ वर्ष २०२१ भयरहित शान्त, समृद्ध र खुशीको वर्ष हुनेमा विश्वभरका नेताहरूले अपेक्षा गरेका छन्। तर, कोरोना भाइरसको नयाँ प्रजाति तथा तेस्रो लहरको पीडाकाबीच संसारभर खास उल्लास देखिएन।

सन् २०१९ को अन्त्यतिरबाटै सुरू भएको कोरोना महामारीको असरले अहिलेसम्म छाडेको छैन । यसको सबैभन्दा बढी मार सन् २०२० मा देखियो ।

विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ ।

सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले सवै क्षेत्रलाई प्रत्यक्ष मारमा पार्यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो । कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घटनाहरु भएका छन् ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
