आज (बुधबार) सार्वजनिक बिदा

पोखरा । आज पुष १५ गते (बुधबार) गण्डकी प्रदेशमा सार्वजनिक बिदा छ । तमु ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

ल्होसारमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू बन्द रहनेछन् ।

Advertisement

गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को २०७६ साल चैत्र २२ गतेको निर्णयले तमु ल्होसार पर्वका अवसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको थियो।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त सूचना जारी गरेको हो । सो सूचना प्रदेशको राजपत्रमा प्रकाशित गरिएको छ।

आज देशभरका तमु समुदाययले आफ्नो महानपर्व तमु ल्होसार धुमधामका साथ मनाउँदै छन् ।

More News last news
Loading...