पुस १४ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन खुल्ने

काठमाडौँ । बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवदेन पुस १४ गतेदेखि खुल्ने भएको छ।

चैत गत ११ देखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ महिनापछि खुला गर्ने निर्णय भएको हो।

Advertisement

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार कोरोना भाइरस (कोभिड–१९) विरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रोटोकल पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको हो।

अब प्रदेश सरकारहरुले आफ्ना यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गर्न पाउनेछन्। अहिले नयाँ लाइसेन्स लिने वा वर्ग थप गर्न चाहनेहरुको संख्या उल्लेख्य छ।

सबै प्रदेशबाट लाइसेन्सको परीक्षा खुलाउने निर्णय गरेको जानकारी आएपछि विभागले लाइसेन्सको आवेदनका लागि प्रणाली खुला गर्न लागेको हो।

More News last news
Loading...