कोरोना संक्रमितको अस्पतालमै हत्या, आरोपित संक्रमित पक्राउ

लसएन्जेल्स । गत साता अमेरिकाको क्यालिफोर्निया स्थित एउटा अस्पतालको वेडमा आफु जस्तै कोभिड १९ को उपचार गराइरहेका बिरामीालाई अक्सिजन टैंकले ज्यान जाने गरी कुटपिट गर्ने एक ३७ वर्षिय पुरुष विरुद्ध हत्या र घृणामा आधारित अपराध गरेको अभियोग लगाइएको छ।

लस एन्जेल्स प्रहरीका अनुसार आफ्नो अस्पतालको कोठा सेयर गरेर बसेका ८२ वर्षिय वृद्धले प्रार्थन गर्न थालेपछि जेस्से मार्टिनेज नामक ति व्यक्ति अचानक रिसाएका थिए । त्यसपछि उनले अक्सिजन टैंक उचालेर वृद्ध माथि साँघातिक आक्रमण गरेका थिए ।

Advertisement

पिडितको उपचारको क्रममा भोलिपल्ट मृत्यु भएको थियो । एकले अर्कालाई नचिन्ने तिनीहरु दक्षिणी क्यालिफोर्नियाको एन्टेलोप भ्याली हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए । केवल छ साताको अवधिमा नयाँ दस लाख संक्रमित थपिएपछि क्यालिफोर्नियाका अस्पतालहरुले निकै समस्या भोगिरहेका छन् ।

कर्मचारीहरुको ठूलो अभाव व्यहोरिरहेका ति अस्पतलाले सरकारसंग अष्ट्रेलिया देखि ताइवान सम्मबाट थप ३ हजार स्वास्थकर्मि झिकाउन आग्रह गरेका छन्।

क्यालिफोर्नियाका गवर्नर ग्याभिन न्युसमले मानिसहरुलाई घर भित्रै बस्न अनुरोध गरेका छन् भने त्यहाँ अत्यावश्यक नठहरिएका व्यापार व्यवशायहरु बन्द गरिएका छन्।

More News last news
Loading...