इजरायलमा तेस्रो चरणको पूर्ण  लकडाउन

एजेन्सी । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन गरिने भएको छ।

लकडाउन देशव्यापी हुने र स्थानीय समय अनुसार आगामी आइतबार बेलुका ५ बजे सुरु हुने अधिकारीहरुले जनाएका छन्।

Advertisement

प्रधानमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार जारी संयुक्त वक्तव्यमा अहिले दुई हप्ताका लागि तय गरिएको लकडाउन आवश्यकता अनुसार लम्ब्याउन सकिने उल्लेख गरिएको छ।

इजरायलमा दैनिक चार हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन्। दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा तल नझर्दासम्म लकडाउन नहटाउने बताइएको छ।

लकडाउन अन्तर्गत घरदेखि एक हजार मिटरभन्दा बढी टाढा जान नपाइने व्यवस्था गरिएको वक्तव्यमा उल्लेख छ । एक ठाउँबाट अर्को ठाउँमा गएर बस्न पनि प्रतिवन्ध लगाइने भएको छ।

सवै व्यावसायिक तथा व्यापारिक कार्यालयहरू बन्द गरिने भए पनि अत्यावश्यक सेवाका कार्यालय भने सूचारु गर्न दिइने अधिकारीले जनाएका छन्। काम गर्नेहरूलाई घरबाटै काम गर्न आग्रह गरिने र सार्वजनिक स्थलमा भिडभाड गर्न नपाइने जनाइएको छ।

सार्वजनिक सवारी साधनहरूमा आधा मात्रै यात्रु राख्न पाइने व्यवस्था गर्न लागिएको अधिकारीहरुले जनाएका छन्। लकडाउनका बेलामा पूर्वप्राथमिक कक्षा, कक्षा एक देखि ४ सम्म र कक्षा ११ र १२ का पढाई मात्रै सञ्चालन गर्न दिइने भएको छ।

More News last news
Loading...