काठमाडौँ । इजरायलका सेनाप्रमुख अविव कोचावीले ईरानले कुनै पनि हमला गरेमा त्यसको जवाफ शक्तिशाली हमलामार्फत दिइने बताएका छन्।
केही समय अघिमात्रै ईरानी परमाणु वैज्ञानिक मोहसिन फकिर जादेहको मृत्यु भएपछि दुई देशीय सम्बन्ध निकै चिसिएको छ।
ईरानले आफ्ना वैज्ञानिकको हत्या गरेको आरोप इजरायलमाथि लगाएको छ र त्यसको बदला लिइने पनि जनाएको छ।
ईरानले सम्भावित हमला गर्ने आशंकाबारे बोल्दै कोचावीले भने, ‘हामी हेर्दैछौं कि भर्खरै इजरायलविरुद्ध ईरानी खतरामा कसरी वृद्धि भएको छ। यदि ईरान, हिजबुुल्लाह वा ईरान समर्थित लेबनानी सशस्त्र समूह र पार्टीहरुले इजरायलविरुद्ध कुनै पनि कारबाही गरेमा त्यो उनीहरुलाई निकै महंगो पर्नेछ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
