काठमाडौँ । मोडर्ना कम्पनीले निर्माण गरेको कोरोनाभाइरसविरुद्धको खोपले अमेरिकामा आपत्कालिन प्रयोगका लागि अनुमति पाएको छ। अमेरिकामा आपत्कालिन प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो।
फाइजर र बायोएनटेकको खोपले अनुमति पाएको एक हप्तापछि अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले मोडर्नाको खोपलाई पनि अनुमति दिएको छ।
अमेरिकाले मोडर्नाबाट २० करोड डोज खोप खरिद गर्ने सम्झौता गरेको छ। तत्काल ६० लाख खोप वितरणका लागि तयार छन्।
अमेरिकामा हाल विश्वकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित फेला परेका छन् भने त्यहाँ कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पनि विश्वकै सबैभन्दा धेरै रहेको छ।
हालसम्म अमेरिकामा १ करोड ७२ लाख ६९ हजार ५४२ जना संक्रमित फेला परेको र ३ लाख ११ हजार ५२९ जनाले ज्यान गुमाइसेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
‘जनवरीमा भाइरस फेला परेर डिसेम्बरमा दुईवटा खोप पाउने भनेको ठूलो उपलब्धि हो,’ टिनेसीस्थित मेहारी मेडिकल कलेजका सिईओ डा जेम्स हिल्ड्रेथले भने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
