आज र भोलि काठमाडौँका यी स्थानमा बिजुली काटिने

काठमाडौँ । आज र भोलि (शनिबार) काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिजुली काटिने भएको छ।

बिहीबार नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाका अनुसार शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ।

Advertisement

बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिनेछ।

त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार, धर्मस्थली फिडर सटडाउन हुनेछ। बिजुली काटिँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ।

निर्धारित कार्य समयअगावै सम्पन्न भएका सो समयभन्दा अगावै बिजुली आउनेसमेत प्राधिकरणले जनाएको छ।

More News last news
Loading...