ह्वात्तै बढ्यो जाडो : तराइमा हुस्सु, काठमाडौँको तापक्रम २ दशमलव ३ डिग्री

काठमाडौँ । पुस लागेसँगै देशभर चिसो ह्वात्तै बढेको छ। उच्च हिमाली जिल्लाहरुमा तापक्रम माइनसमा झरेको छ।

जुम्ला, जिरी, जोमसोम लगायतका ठाउँमा तापक्रम माइनसमा झरेको हो। हिजो जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ७ दशमलव १ डिग्रीमा झरेको थियो।

Advertisement

आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो।

अहिले पूर्वी तथा पश्चिमी नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ। आज दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

आज राति भने देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

More News last news
Loading...